Monday, October 7, 2024

टेक्सासमा नेपाली विधार्थीमाथि गोलि हानि हत्या

spot_img

अर्जुन प्रधान । नेपालको भोजपुर जिल्ला घर भएकी २१ वर्षीय मुना तीन वर्षअघि विद्यार्थी भिषामा अमेरिका आएकी थिइन् र टेक्सासको कम्यूनिटी कलेजमा अध्ययनरत नेपाली विद्यार्थी मुना पाण्डेको आफ्नै अपार्टमेन्टमा गोली हानी हत्या भएको छ। शनिवारदेखि फोन सम्पर्कमा नआएकी मुनाको शव सोमबार ह्युस्टनस्थित वेष्ट एरपोर्ट ब्लु वर्ड अपार्टमेन्टमा गोली लागेका अवस्थामा फेला परेको हो। यस घटनाले नेपाली समुदायमा ठूलो शोक र आक्रोश पैदा गरेको छ।

मुनाको हत्याप्रति उनका साथीहरूले गहिरो दुःख व्यक्त गरेका छन्। उनकी पूर्व रुममेट बृशा निरौलाले मुनाको न्यायको लागि छानबिनको माग गर्दै, उनी अत्यन्त चुलबुली र खुसी मिजासकी थिइन् भनेर सम्झिएकी छिन्। उनका धेरै साथीहरूले पनि हत्यारालाई पत्ता लगाउन र कानुनी कारबाही गर्न दवाव दिएका छन्। सबैलाई खुसी बनाउन सक्ने दयालु स्वभावकी मुनाको हत्यामा संलग्न व्यक्तिहरूलाई सजाय नभएसम्म आफूहरू चैनले बस्न नसक्ने भन्दै उनीहरूले न्यायको माग गरेका छन्।
अमेरिकाको टेक्सास राज्यको ह्युस्टनमा बसोबास गर्दै आएकी मुना पाण्डेको गोली हानि हत्या कस्ले गरेको भनि प्रहरिले तिब्र रूपमा खोजि कार्य गरिरहेको छ भने केही साता अघि मात्रै भर्जिनियाको मनासस निवासी ममता काफ्लेको खोजी र अन्ततः हत्याको घटनाले विश्वभरिका नेपाली समुदायलाई स्तब्ध बनाइरहेको बेला अर्को नेपाली चेलीको हत्या भएको घटनाले टेक्सासको नेपाली समुदायमा थप आशंका र चिन्ता उत्पन्न गरेको छ। तीन दिनसम्म सम्पर्क बाहिर रहेकी मुनाको हत्या कसले र किन गर्‍यो भन्नेबारे अझै पनि केही खुल्न सकेको छैन, र प्रहरीले यस विषयमा थप अनुसन्धान सुरु गरेको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय