Sunday, October 6, 2024

सिजल एण्ड सिस्टर्सको सहयोगमा पथरी क्याम्पमा सडक बत्ती जोड्ने कार्य सुरु

spot_img

१२ भदौ, झापा । पथरी शनिश्चरे क्याम्पमा बत्ती जडान कार्य शुरु भएको छ । प्राविधिक कारणले बिग्रिएको सडक बत्ती पुन सिजल एण्ड सिस्टर्स एल एल सि को सहयोगमा बत्ती जडान कार्य मङ्गलबारदेखि सुरु भएको हो ।

गएको बर्ष नव निर्वाचित नयाँ कार्य समिति आए पश्चात पहिलो सडक बत्ती जोड्ने काम भएको थियो । एक सय १० वटा सडक बत्ती ग्लोबल भुटनिज अर्गनाइजेसन लगायत अन्य व्यक्तिहरुको सहयोगमा जडान गरिएको थियो । जडान गरिसके पछि बत्तिमा फेरि समस्या आएको थियो । कम्पनीले वारेन्टी अन्तर्गत मर्मत गरिसके पछि पुन केही महिना अघी देखी २९ वटा महत्वपूर्ण स्थानको सडक बत्ती बिग्रिएको अवस्थामा थियो । सोही  समस्यालागि समाधान गर्न सिजल एण्ड सिस्टर्स एल एल सिका अध्यक्ष मेघ सुबेदीले सम्पूर्ण मर्मत र पुन जडानको निमित्त सहयोग उपलब्ध गराउनु भएको छ ।

चाडपर्व नजिक आईरहेको अवस्थामा सडक बत्ती जडान गर्नु अत्यावश्यक रहेको थियो । जडान कार्य बस्ती व्यवस्थापन समितिले व्यवस्थापनमा गरिरहेको छ ।

What’s your Reaction?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय