Sunday, October 6, 2024

अमेरिकी राष्ट्रपतिकी उम्मेदवार ह्यारिसलाई एक महिनामै ५४ करोड डलर सहयोग

spot_img

अमेरिकी राष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिसले चुनावी अभियानको लागि एक महिनामै ५४ करोड डलर सहयोग जुटाउनुभएको छ ।

डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले अमेरिकी राष्ट्रपतिको लागि अभियान शुरु गरेको एक महिना भन्दा कम समयमै ५ सय ४० मिलियन डलर अर्थात् ५४ करोड डलर सहयोग वा चन्दा उठाउन सफल भएको समाचार संस्था रोयटर्सले जनाएको छ । नेपालीमा यो रकम ७२ अर्ब रुपैयाँ भन्दा धेरै हुन आउँछ ।

गएको हप्ता भएको डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनको समयमा मात्रै ८२ मिलियन डलर चन्दा उठेको थियो । चन्दाको वृद्धिले कमला ह्यारिसको उम्मेदवारीप्रति अमरिकी व्यापारी र नागरिकले उत्साह देखाएको सङ्केत मिलेको डेमोक्रेट नेताहरुले बताएका छन् ।

वर्तमान राष्ट्रपति जो बाइडेनले उम्मेदवारी फिर्ता लिएपछि उपराष्ट्रपति ह्यारिस जुलाई २१ मा राष्ट्रपति पदका उम्मेदवार बन्नुभएको थियो । अमेरिकी राष्ट्रपतिको चुनाव आउँदो नोभेम्बरमा हुँदैछ ।

What’s your Reaction?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय