Sunday, October 6, 2024

त्रिवेणी साहित्य मञ्च पेन्सिलभेनियाद्वारा अनुया तामाङलाई स्वागत

spot_img

८ भदौ, झापा । द भोइस अफ किड्स सिजन -३ को बिजेता अनुया तामाङलाई उनको गृह नगर पेन्सिलभेनियाको हेरिस्बर्गमा त्रिवेणी साहित्य मञ्च पेन्सिल्भेनिया हेरिस्बर्गले स्वागत गरेको छ ।
लामो समयको नेपाल बसाई पश्चात उनी आफ्नो बुवा ओम तामाङको साथमा द भोइस अफ किड्स सिजन -३ को उपाधी जितेर अमेरिका फर्किएका हुन् । अमेरिकामा नै जन्मिएर नेपाली गीत संगीतमा उनको रुची र प्रतिभाले धेरैको मन छोएको छ । मञ्चका अध्यक्ष लगायत अन्य कार्य समितिले उनीलाई स्वागत गरेको हो । हेरिस्बर्ग अन्तर्राष्ट्रिय बिमानस्थलमा गरिएको स्वागत कार्यक्रममा मञ्चका अध्यक्षले अर्को सम्मान कार्यक्रम एक हप्ता भित्र आयोजना हुने पनि जानकारी गराउनु भएको थियो ।
यस अघी पनि भोइस अफ नेपालमा नेपाली भाषी समुदायबाट २ जनाले उपाधी हात पारिसकेका छन् । अवसर पाएमा भुटानी समुदायबाट पनि धेरै राम्रो प्रतिभाहरु रहेको देखिन्छ । अब आउने दिनमा उनको सांगीतिक यात्रा कस्तो रहनेछ भन्ने कुरा उनले पस्कने सांगीतिक कृतिहरुले निर्धारण हुने देखिन्छ ।

What’s your Reaction?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय