Sunday, October 6, 2024

बेलडाँगी शरणार्थी शिविरमा तीन दिने नाट्य कार्यशाला सम्पन्न

spot_img

वीरेन मगर,
भदौ ६, झापा । झापाको दमकमा रहेको भुटानी शरणार्थी शिविर बेलडाँगीमा तीनदिने नाट्य कार्यशाला सम्पन्न भएको छ । भुटानी शरणार्थी बाल मञ्चद्वारा आयोजित नाट्य कार्यशाला अगस्ट १८ तारिक आइबारबाट सुरु भएर अगस्ट २० तारिक मङ्लबार सम्पन्न भएको हो ।

सेजल एण्ड सिस्टर्स फाउन्डेसनको आर्थिक सहयोग तथा शिविर व्यवस्थापन समिति, बेलडाँगीको समन्वयमा सम्पन्न कार्यशालामा शिविरका २५ शरणार्थी बालबालिकाले सहभागी जनाएका थिए । रङ्गकर्मी जंग मगर र भरत मगर प्रशिक्षक रहेको उक्त कार्यशालामा रंगकर्मी दिलिप रखालीलाई अतिथि प्रशिक्षको रुपमा बोलाइएको थियो ।

अतिथि प्रशिक्षक दिलिप रखालिले बालबालिकालाई समाजमा नाटकको महत्वबारे प्रकाश पार्नु भएको छ । कार्यशालाको अन्तिम दिन सहभागी बालबालिकालाई प्रशिक्षण दिएका रखालिले नाटक विधा साहित्यको अभिन्न अङ्ग रहेको बताउनु भयो ।

कार्यशालाको समापन समारोहमा बोल्दै बेलडाँगी शिविरका सचिव सञ्चहाङ सुब्बाले बालबालिकाले हिजोको दिनहरु भन्दा धेरै प्रगति गरेको बताउनु भयो । सचिव सुब्बाले शरणार्थी बालबालिकाले अभिनय क्षेत्रमा अझ धेरै प्रगती गर्दै जाने पनि विश्वास व्यक्त गर्नु भएको छ । उहाँले शिविर व्यवस्थापन समिति सधैं बालबालिकाको साथमा रहने बताउनु भयो ।

भुटानी शरणार्थी बाल मञ्चका मुख्य संयोजक मोसम राईले कार्यशाला सहभागी बालबालिकामा निकै सम्भावना देखेको बताउनु भयो । राईले अभिनय क्षेत्रमा लागेका बालबालिकाका लागि अवसरका ढोकाहरु खुल्ला रहेको बताउनु भएको छ ।

समापन समारोहमा सहभागी बालबालिकाले आफ्नै लेखन, निर्देशन तथा अभिनयमा दुइवटा नाटक प्रस्तुत गरेका थिए । तीन दिने उक्त नाट्य कार्यशाला सहभागी शरणार्थी बालबालिकालाई प्रमाणपत्र प्रदान गरिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय