Sunday, October 6, 2024

पथरी शनिश्चरे क्याम्पमा सिजल एण्ड सिस्टरको सहयोगमा डल बनाउने तालिमको उद्घाटन

spot_img

५ भदौ झापा । भुटानी शरणार्थी अपाङ्गता मन्चलाई सिजल एण्ड सिस्टरद्वारा डल बनाउने कार्यक्रमको आज औपचारिक रुपमा उद्घाटन गरिएको छ ।
अमेरिकमा हुनुहुने समाजसेबी मेघ सुबेदीद्वारा सन्चालित सिजल एण्ड सिस्टर्स एल एल सिले मासिक कार्य्रकमको कार्य योजना अनुरुप भुटानी शरणार्थी आपाङ्ग मन्चलाई डल बनाउने कार्यक्रममा आर्थिक सहयोग गरेको हो । क्याम्प सचिब करण राई, मन्चका अध्यक्ष गोबिन्द रिजाल, उपाध्यक्ष खेमराज नेपाल, बाल मन्चबाट सुमित्रा राई, महिला मन्चबाट निराहाङ राई र सिजल एण्ड सिस्टर्स एल एल सिबाट फिल्ड कोर्डिनेटर थिरु प्रसाद अधिकारीको उपस्तिथी रहेको थियो । मन्तव्यको क्रममा सबै आमन्त्रितहरुले फाउण्डेसन प्रति आभार प्रकट गर्दै समाजसेबी सुबेदीको उक्त कार्यको खुलेर प्रसंसा गरेका थिए । उपलब्ध डल बनाउने सामाग्री कार्यक्रम संम्योजक छमु राईलाई सचीब करण राईले प्रदान गर्दै औपचारिक ढंगले उद्घाटन गरिएको थियो ।
यस कार्यक्रमले शारीरिक रुपमा अपाङ्गता भएकाहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले सिपमुलक तालिमलाई महत्व दिईएको हो । कार्यक्रम मार्फत क्याम्पमा रहेका अपाङ्गहरु प्रत्यक्ष लाभान्वित हुनेछन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय