Sunday, October 6, 2024

भुटान जेलमा ३२ वर्ष बिताएका रामबहादुर राईलाई आर्थिक सहयोग

spot_img

वीरेन मगर
५ भदौ, झापा । भुटानी राजनीति बन्दी रिहाइका लागि अन्तर्राष्ट्रिय अभियान (जिसिआरपिपिबि) ले भुटानको चेम्गाङ केन्द्रीय कारागारमा ३२ विर्ष कठोर जेलजीवन विताएर आएका राम बहादुर राईलाई आर्थिक सहयोग गरेको छ । जिसिआरपिपिबिले तेस्रो मुलुक पुनर्वासमा गएका पुर्व भुटानी शरणार्थीबाट गो फण्ड मी मार्फत स्वइच्छाले संकलन गरेको एक लाख चालिस हजार पाँच सय ६७ रूपैयाँ झापाको दमकस्थित बेलडाँगी शिविरमा मङ्गलबार राईलाई प्रदान गरिएको हो ।

भुटानी राजनीति बन्दी रिहाइका लागि अन्तर्राष्ट्रिय अभियान जिसिआरपिपिबिले दिल कुमार राई मार्फत पठाएको रकम नेपाली भाषी भुटानी समुदाय सम्बन्धि जानकार एवं पत्रकार देवेन्द्रराज भट्टराईको रोहोवरमा शिविर सचिव सञ्चहाङ सुब्बाले राम बहादुर राईलाई प्रदान गर्नु भएको थियो । पुनर्वासपछि विभिन्न देशमा बसोबास गरीरहेको २४ पुर्व भुटानी शरणार्थीहरुले पठाएको उक्त रकम राईलाई नयाँ जीवन सुरुवात गर्न सहज होस भन्ने उद्देश्यले प्रदान गरिएको हो ।

३२ वर्षसम्म कठ‍ोर जेलजीवन भोगेर दुइ महिना अघि रिहा भएका राम बहादुर राईले सहयोग रकम बुझ्दै सहयोगी सबैलाई धन्यवाद दिएका छन् । उनले आफ्नो लागि सहयोग जुटाउन र आफ्नो दुख र पीडा बिसाउने ठाउँ दिलाउन समन्वयकारी भुमिका निभाइदिएको भन्दै नेपाली भाषी भुटानी समुदाय सम्बन्धि जानकार एवं पत्रकार देवेन्द्रराज भट्टराईप्रति कृतज्ञता प्रकट गरेका थिए । यही क्रममा राईले आँफुलाई यस अघि सहयोग गर्ने विश्वनाथ क्षेत्रीलाई पनि सम्झेका छन् । भुटान विद्यार्थी संघका संस्थापक अध्यक्ष एवं तत्कालीन आस्थामा बन्दी विश्वनाथ क्षेत्रीले शरणार्थी शिविरमा परिवार खोज्न आइपुगेका राईलाई पहिलोपटक सहयोग गर्नु भएको थियो ।

राम बहादुर राई भुटानमा ९० को दशकमा भएको प्रजातान्त्रिक आन्दोलनमा प्रचार सामाग्री बाड्ने र पोस्टर टाँस्ने क्रममा पक्राउ परेका थिए । पछिल्लो समय भुटानले अन्तर्राष्ट्रिय मञ्चमा आफुलाई प्रजातान्त्रिक र राष्ट्रिय खुसियाली छाएको देश बताउने गरेको छ । तर ९०को दशकमै बन्दी बनाईएका राम बहादुर जस्ता  प्रजातान्त्रका लागि लड्ने कयौँ व्यक्ति अझै पनि भुटानको सरकारी जेलमा यातना भोगीरेहेका छन् ।

भुटानी राजनीति बन्दी रिहाइका लागि अन्तर्राष्ट्रिय अभियान (जिसिआरपिपिबि) सन् २०१९ मा गठन भएको हो । राम कार्की संयोजक रहेको भुटानी राजनीति बन्दी रिहाइका लागि अन्तर्राष्ट्रिय अभियान (जिसिआरपिपिबि) ले भुटानी जेलमा बन्दी बनाइएका राजबन्दीहरुको सकुशल रिहाइका लागि अन्तर्राष्ट्रिय स्तरमै आवाज उठाउँदै आएको छ । जिसिआरपिपिबिले भुटान जेलमा रहेका राजबन्दीको रिहाइका लागि अन्तर्राष्ट्रिय मञ्चमा कुटनैतिक पहल तथा शान्तिपुर्ण प्रदर्शन गर्ने गरेको छ । यस्तै  रिहाइ पश्चात भुटान सरकारले शिविर आउन बाध्य पारिएका राजबन्दीलाई जीउन सहज बनाउन जिसिआरपिपिबिले प्ररम्भिक चरणमा आर्थिक सहयोग गर्ने गरेको संयोजक राम कार्कीले भुट्नीज निउजलाई जानकारी दिए । यस अघि पनि धेरै राजबन्दीलाई यसरीनै सहयोग गरेको स्मरण गर्दै कार्कीले भुटान जेलमा रहेका सबै राजबन्दी सकुशल रिहा नभएसम्म उक्त अभियान नरोकिने बताएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय