Sunday, October 6, 2024

साहित्य परिषद् भूटानको ३०औं वार्षिक उत्सव क्यानाडाको विन्डसर, ओन्टारियोमा साहित्यिक सम्मेलनसहित सम्पन्न

spot_img

अर्जुन प्रधान । साहित्य परिषद् भूटानको ३०औं वार्षिक उत्सव क्यानाडाको विन्डसर, ओन्टारियोमा भव्य साहित्यिक सम्मेलनसहित सम्पन्न भएको छ । उक्त समारोह जुलाई १७ तारिखका दिन क्यानाडा शाखाका अध्यक्ष खगेन्द्र गौतमको नेतृत्वमा आयोजित गरिएको हो ।

कार्यक्रममा भूटानी समुदायका विभिन्न क्षेत्रका योगदानकर्ताहरूलाई सम्मानित गरिएको छ । पत्रकारितामा अर्जुन प्रधान, साहित्य तथा भाषा सम्पादनमा केशब बैरागि माइलो , सांगीतिक योगदानका लागि अर्जुन रसाइली, नेपाली कक्षा संचालनमा कृष्ण दंगाल र गोमा अधिकारी, तथा आर। बि। खण्डका र डि। पि। ओस्तीलाई गीत, संगीत, र साहित्यमा योगदान पुर्याएको भन्दै परिषद् भूटानले सम्मान पत्र प्रदान गरेको हो । प्रमुख अतिथि गीता खत्री र संस्थाका अध्यक्ष खगेन्द्र गौतमले हस्ताक्षर गर्दै सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

यस अवसरमा प्रहेलिका उपन्यासका लागि जे.एन. दाहाललाई ‘हिमटीका आख्यान पुरस्कार’ प्रदान गरियो, जसमा एक हजार एक सय डलर नगदसहित प्रमाण पत्रले सम्मानित गरिएको छ । कार्यक्रममा डा. लक्ष्मी नारायण ढकालले भाषाको समस्या र समाधानको दिशा शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

भक्त घिमिरेले देश सम्झने प्रस्तावना, र भोला सुवेदीले ‘हाम्रो भाषा संस्कृति र पहिचानको लक्ष्य चिन्तन’ विषयमा तीन कार्यपत्र प्रस्तुत गर्नुका साथै बाल प्रतिभाहरू क्षितिज गौतम र निकुम्ज आचार्यले कविता वाचन गरेका थिए । यसका साथै कार्यक्रममा रिया र रिदम रिजालले फूलको आँखामा गीत प्रस्तुत गरेका थिए ।

संस्थाले ३०औं वार्षिकोत्सवमा पुराना सदस्यहरू भोला सपाकोटा, डा. लक्ष्मी नारायण ढकाल, भवानी अधिकारी, मनोज राई, लिला निशा, र खेम साण्डिल्यलाई सम्मानित गरेको छ।

यसका साथै कार्यक्रममा स्व. देविभक्त लामिटारेकृत ‘दन्किँदो भूटान’, बी. पी. शर्माकृत ‘म सिङ्गै हराउन लागिरहेको छु एउटा शहर भित्र’, तुम्बेहाङ लिम्बुकृत ‘आगोको बिउ’, र हेम गुरगाईं द्वारा अनुदित पुस्तक ‘दि प्लेग विटनेस’ को विमोचन गरिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय