Sunday, October 6, 2024

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा कारागार चलान

spot_img

०२ भदौ, झापा । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा कारागार चलान भएका छन् । काठमाण्डौ जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासले आज(आइतबार) झालाई पुर्पपक्षका लागि केन्द्रीय कारागार सुन्धारा पठाउन आदेश दिएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा गएको असार १४ गते पक्राउ परेका झाविरुद्ध सरकारी वकिल कार्यालयले गएको साउन २९ गते ठगी, लिखत किर्ते, राज्यविरुद्ध र सङ्गठित अपराधसम्बन्धी कसुरमा मुद्दा दायर गरेको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका रामशरण केसीले दिएको बयानले झाको संलग्नता रहेको देखाएपछि प्रहरीले खोजी गरेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय