Monday, October 7, 2024

अनुया तामाङ बनिन् ‘भ्वाइस किड्स’को विजेता: नेपाली भाषी भुटानी समुदायको पोल्टोमा फेरी अर्को ठूलो साङ्गीतिक उपाधि

spot_img

१ भदौ ।

नेपाली भाषी भुटानी समुदायको प्रतिनिधित्व गर्दै अमेरिकादेखि नेपाल गएकी अनुया तामाङले भ्वाइस किड्सको उपाधि जितेकी छन् । शनिबार आयोजित ग्राण्ड फिनालेमा टीम प्रमोद खरेलकी प्रतिस्पर्धी तामाङले ‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि जितेकी हुन् ।

उपाधि जितसँगै अनुयाले नगद रु. १० लाख रुपैयाँ र प्रायोजकको तर्फबाट गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन् । फिनालेको नतिजा घोषणापछि विजेता र प्रतिस्पर्धाीलाई हिमालय टिभीका अध्यक्ष धर्मराज भुसाल, कार्यकारी निर्देशक श्याम कँडेल लगायतले पुरस्कार प्रदान गरेका थिए ।

कोच प्रमोद खरेलको टिमबाट अनुया तामाङ र लाक्पा शेर्पा, कोच मिलन नेवारको टिमबाट समीक्षा धिताल र रिञ्जिन डोल्मा लामा फाइनलिस्ट थिए । त्यसै गरी कोच छेवाङ लामाको टिमबाट द्वितिका प्रधान र छेसाङ तामाङ, कोच मेलिना राईको टिमबाट सिमला धिताल र आयुष लामाले फिनालेमा प्रतिस्पर्धा गरेका थिए । जम्मा आठ फाइनलिस्ट मध्ये दर्शकले दिएको भोटको आधारमा बढी भोट प्राप्त गर्ने प्रतिस्पर्धीलाई विजेता चुनिएको हो ।

यश सिजनको सुरुवातबाटै उत्कृष्ट प्रस्तुति दिदै आएकी तामाङले अन्य सात प्रतिस्पर्धीलाई उछिन्दै उपाधि जित्न सफल भएकी हुन् । अनुयाको यो जितसँगै नेपाली भाषी भुटानी समुदायको पोल्टोमा फेरि अर्को ठूलो साङ्गगीतिक उपाधि परेको छ । यश अघि ‘द भ्वाइस’को उपाधि किरण गजमेर र करण राईले जितिसकेका छन् । उनिहरु दुवै नेपाली भाषी भुटानी समुदायबाट हुन् ।

What’s your Reaction?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय