Sunday, October 6, 2024

बेलडाँगी शिविरमा अपाङ्गता सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

spot_img

भदौ १, झापा ।  झापाको दमकस्थित भुटानी शरणार्थी शिविर, बेलडाँगीमा अपङ्गता सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ । भुटानी शरणार्थी अपाङ्ग संघले शरणार्थी शिविरमा अपङ्गताबारे जनचेतना फैल्याउने उद्देश्यका साथ शुक्रबार कार्यक्रम गरेको हो ।

राष्ट्रिय अपाङ्गता महासंघका केन्द्रीय सदस्य मदन कुमार बोहरा मुख्य प्रशिक्षक रहेको कार्यक्रममा शिविरबासी, अपाङ्गता भएका व्यक्तिहरु र शिविरका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थित प्रशिक्षार्थीहरुलाई अपाङ्गका विभिन्न प्रकार, कानुनमा उल्लेखित व्यवस्था र अपाङ्गता भएका व्यक्तिहरुले पाउने सेवा सुविधाका बारेमा प्रकाश पारिएको थियो ।

कार्यक्रम आम्दाको सहजीकरण तथा युएनएचसिआरको आर्थिक सहयोगमा भुटानी शरणार्थी अपाङ्गता संघले आयोजना गरेको हो ।

भुटानी शरणार्थी शिविरमा दातृ निकायले रासन तथा राहत  सामाग्री कटौती गरेको छ । यस्तोमा अपाङ्गता व्यक्तिहरुको व्यवस्थापनमा तथा जीविकोपार्जनमा धेरै चुनौतीहरु थपिएका छन् । अपाङ्गता व्यक्तिहरुले जीविकोपार्जनका लागि मुडा बुन्ने र गुडिया बनाउने गरेको भएपनि त्यसले उनिहरुको जीविकोपार्जनमा खासै टेवा पुर्याउन सकेको छैन ।

जीविकोपार्जन भन्दा पनि मुडा बुन्ने र गुडिया बनाउने कार्य उनिहरुको लागि फिजोथेरापि जस्तो मात्रै भएको कार्यक्रम व्यवस्थापक गोविन्द रिजालले भुट्निज निउजलाई जानकारी दिनु भयो ।

सन् २०१३ अक्टोबर १३ मा गैर-जनीतिक र गैर-नाफामुखी संस्थाका रुपमा स्थापना भएको भुटानी शरणार्थी अपाङ्गता संघले अपाङ्गता भएका शरणार्थीका हकहित र अधिकारको वकालत गरिरहेको संस्थाका कार्यक्रम व्यवस्थापक रिजालले बताउनुभयो ।

भुटानी शरणार्थी अपाङ्गता संघमा हाल २०० सदस्य छन् । तर उनिहरुले सामान्य मानवीय सहयोग पाउन बाहेक अपाङ्गताले पाउने सेवा सुविधा पाउन सकेका छैनन् । अपाङ्गता भएका नेपाली नागरिकले नेपाल सरकार र स्थानीय सरकारबाट पाउने आवश्यक सुविधा पाइरहँदा यता शरणार्थी शिविरमा शरणार्थी भएकै कारण सरकारी सुविधा उपभोग गर्न नपाएकोप्रति उनिहरुको गुनासो रहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय