Monday, October 7, 2024

पथरी शनिश्चरे क्याममा डि एफ एफ र सिजल एण्ड सिस्टर द्वारा कम्प्युटर तालिम उदघाटन

spot_img

मोरङको पथरी शनिश्चरे क्याममा निशुल्क कम्प्युटर तालिमको उदघाटन गरिएको छ । सहयोगी सस्था फ्रीडम फाउण्डेसन र सिजल एण्ड सिस्टर एल एल सि अमेरिकाको संयुक्त आर्थिक सहयोगमा तालिम शुभारम्भ भएको छ ।

प्राबिधिक दक्ष जनशक्ति उत्पादन र बढ्दो दुर्व्यसनलाई न्युनिकरण गर्ने उदेश्यको साथ क्याममा रहेका या सोही वडा आसपासका युवाहरुलाई लक्षित गर्दै यो कार्यक्रमको अवधारणा ल्याईएको क्याम सचीब करण राईले प्रष्ट पार्नुभएको थियो ।

प्रमुख अतिथिको रुपमा सोही वडाका वडा अध्यक्ष जीवन खतिवडा ज्युले अत्यन्त राम्रो कार्यक्रमको लागि सहयोगी सँस्थालाई धन्यवाद प्रकट गर्नुभएको थियो । कार्यक्रममा भुटानी महिला मन्च , इन्ट्रा फाउण्डेसन , भुटानी बाल मन्च , युवा मैत्री केन्द्र लगायतका सस्थागत प्रतिनिधिहरु पत्रकार डिकेश लामा लगायतको उपस्तिथी रहेको थियो । प्रारम्भिक चरणमा ९ थान कम्प्युटर तालिमका लागि ब्य्वस्थापन गरिएको छ भने भोलिको दिनमा आवश्यकतालाई मध्यनजर गर्दै सँख्या थप्न सकिने सचीब राईले बताउनु भएको छ ।
यो गएको बर्ष देखी कै योजना अनुरुप हुनआएको छ । क्याम भित्रबाट नै दक्ष कम्प्युटर प्रशिक्षक द्वारा तालिम प्रदान गरिनेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय