Saturday, October 5, 2024

पाकिस्तान र बङ्गलादेशबीचको दोस्रो टेस्ट क्रिकेट दर्शकविना हुने

spot_img

३१ साउन, काठमाण्डाै । पाकिस्तान र बङ्गलादेशबीचको दोस्रो टेस्ट क्रिकेट दर्शकविना हुने भएको छ । पाकिस्तान र बङ्गलादेशबीचको दोस्रो तथा अन्तिम टेस्ट यही अगस्ट ३० मा हुँदैछ ।

कराँचीको नेशनल स्टेडियममा निर्माण कार्य चलिरहेका कारण पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले दर्शकविना खेल गराउने निर्णय लिएको क्रिकेटसम्बन्धी जानकारी दिने वेबसाइट क्रिकइन्फोले जनाएको छ ।

आउँदो वर्षको फेब्रुअरी/मार्चमा हुने आईसीसी च्याम्पियन्स ट्रफीको तयारी स्वरूप कराँचीमा निर्माण कार्य चलिरहेको हो । च्याम्पियन्स ट्रफी अन्तर्गत कराँचीसहित लाहोर र गद्दाफी स्टेडिममा पनि निर्माणको काम चलिरहेको छ ।

पाकिस्तान र बङ्गलादेशबीचको टेस्ट शृङ्खलाको पहिलो खेल अगस्ट २१ देखि रावलपिन्डीमा शुरू हुनेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय