Monday, October 7, 2024

तेस्रो फ्रिडम फाउण्डेशन भेट्रान्स टुर्नामेन्ट २०२४ हुँदै

spot_img

अमेरिकाको केन्टुकी राज्यमा तेस्रो फ्रिडम फाउण्डेशन भेट्रान्स टुर्नामेन्ट २०२४ हुने भएको छ । जसलाई फ्रीडम फाउण्डेसनले आयोजना गर्ने भएको छ ।

पूर्ण रुपमा भेट्रान उमेर समुहलाई नै मध्यनजर गरेर ४५ बर्ष अर्थात सन १९७९ या अघी जन्मेकाहरुलाई मात्र कानुनी मान्यता प्राप्त परिचय पत्र देखाएर खेल्ने अवधारणा राखेको छ । तेस्रो सिजन सम्म आईसकेको यस टुर्नामेन्टमा प्रती टिम प्रबेश शुल्क $७५० निर्धारणा गरिएको छ भने बिजेताले ६ हजार डलर र उपबिजेताले ४ हजार डलर प्राप्त गर्नेछ । ९ साइडको फर्मेसनमा खेलिने यस खेलमा सहभागी टिमले १५ जना खेलाडी संख्या जसमा टिम ब्यवस्थापक र प्रशिक्षक जो आवस्श्यक परे खेल्न योग्य हुने अवस्थाको समुह तयार पार्नुपर्ने नियम आयोजकले बताएको छ ।

यस प्रकारका खेल आयोजनाले उमेर बढ्दै गएता पनि स्वास्थ्य सँग सचेत हुने ,नियमित खेलकुदमा सहभागी हुने र स्वास्थ्य लाभ लिन सकिन्छ भन्ने नयाँ पिढिहरुलाई थप उत्साह थप्न सकिन्छ ।

What’s your Reaction?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय