Sunday, October 6, 2024

पुजाको थाली डटकमका सञ्चालक जया केसी र सुवास केसीद्वारा होमलेसहरुलाई भोजन सेवा

spot_img

पुजाको थाली डटकमका सञ्चालकद्वय जया केसी र सुवास केसीद्वारा होमलेसहरुलाई श्रावण २३ गते काठमाडौंका सडकपेटी, पुलमूनी र ढलको पाइपभित्र भोक भोकै रात बस्न बाध्य हुनुभएका सयौं गरीब दुःखी मानिसहरुलाई रातको तातो खाना खुवाउनुभएको थियो । विगत पाँच वर्षदेखी भोका प्यासा मानिसहरुलाई खाना खुवाउँदै आएका युवा समाजसेवी प्रदिप घिमिरे ‘अमूल्य’लाई आर्थिक सहयोग उपलब्ध गराउनुभएको थियो ।

https://www.facebook.com/profile.php?id=61552216223706

उहाँहरुले विगत १ वर्षदेखी पुजाको थाली डटकम सञ्चालन गर्दै आउनुभएको छ । पुजाको थाली लगायत विश्वका विभिन्न देशहरुमा देवकार्य तथा पितृकार्यमा प्रयोग हुने विभिन्न पुजा सामगीहरु लगायत विभिन्न देवी देवताका मूर्ति, देवी देवताका वस्त्र र घरायसी प्रयागमा आउने तामा, पितल र ढलौटका विभिन्न सामग्रीहरु विक्रि सेवा प्रदान गर्दै आउनुभएको छ । उहाँहरुले उक्त सामग्रीहरु अनलाइनमार्फत प्रदान गर्दै आउनुभएको छ । उहाँहरुले गर्नुभएको यस कार्यप्रति ग्लोवल पोष्ट हार्दिक आभार प्रकट गर्दछ ।

पुजाको थाली डटकमका सञ्चालकद्वय जया केसी र सुवास केसीद्वयले समय समयमा भोजन सेवाका लागि सहयोग गर्दै आउनुभएको छ । सेवा नै सबै भन्दा ठूलो धर्म हो भन्ने सोचका धनी भन्नुहुन्छ, “मरेपछि गरिने दान भन्दा जिउँदो हुदा गरिएको दान लाखौं गुणा ठूलो हुन्छ । जो भोको छ उसको लागि सहयोग गर्दा मलाई सन्तुष्टि प्राप्त हुन्छ । जीवन क्षणीक छ । मृत्यु शास्वत सत्य छ । मरेर लाने केही हैन । मेरेर लाने भनेको पाप र पुण्य मध्ये एक चै पक्का हो त्यसैले पनि म बाचुञ्जेल सकेको सहयोग गर्दछु । मेरो सहयोगको भोकले नियाउरो भएर कलेटी परेका ओठहरुमा मन्द मुस्कान प्रदान गर्न सकिन्छ भने किन नगर्ने ? मैले नगरे कस्ले गर्छ ? अहिले नगरे कहिले गर्ने ???”

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय