Sunday, October 6, 2024

नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झाविरुद्ध मुद्दा दायर

spot_img

३० साउन, झापा । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च तहका बिचौलिया बेचन झामाथि अनुसन्धान पूरा गरी मुद्दा दायर भएको छ । प्रहरी प्रतिवेदनका अनुसार जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । उनीविरुद्ध ठगी, लिखत किर्ते, संगठित र राज्यविरुद्धको अपराध कसुरमा मुद्दा दायर गरिएको छ ।

गत १४ असारमा झालाई प्रहरीले पक्राउ गरेको थियो । उनीमाथि यसमा संलग्न थप उच्च तहका व्यक्तिहरूको संलग्नता खुल्ने बताइए पनि त्यसमा प्रहरी असफल भयो । झाले प्रहरीमा इन्कारी बयान दिएका छन् । तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई नचिनेको तथा आफूले पैसा पनि नलिएको उनको दाबी छ ।

सचिव पाण्डेले राजनीतिक सम्पर्कमा आएका बेचनमार्फत यस प्रकरणको थप थाहा हुने बयान दिएका थिए । साथै रामशरण केसीले झालाई दुई करोड रुपैयाँको चेक दिएको बताएका थिए । झा पक्राउ परेकै कारण अघिल्लो सरकार ढलेको माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले दाबी गर्दै आएका छन् ।

प्रहरीले उनीविरुद्ध बलिया प्रमाण संकलन गर्न सकेको छैन । साथै, सम्पत्ति र नागरिकताको विषयमा समेत थप अनुसन्धान नगरी मुद्दा दायर भएको छ । साथै ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सक्ने भए पनि उनीविरुद्ध ४५ दिनमै मुद्दा दायर भएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय