Friday, October 4, 2024

विश्वकप क्रिकेट लिग दुईमा अमेरिकाको विजयी सुरुवात

spot_img

३० साउन । विश्वकप क्रिकेट लिग दुईमा अमेरिकाले विजयी सुरुवात गरेको छ । लिग दुईमा आफ्नो पहिलो खेलमा अमेरिकाले क्यानडालाई १४ रनले हरायो । आईसीसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत नेदरल्यान्ड्समा अमेरिका, क्यानडा र घरेलु टोलीबीच श्रृङ्खला चलिरहेको छ ।

हिजो भएको खेलमा अमेरिकाले दिएको ३ सय ५ रनको लक्ष्य पछ्याएको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९० रन बनायो । क्यानडाका हर्ष ठाकरले सर्वाधिक ७७ रन बनाए । अमेरिकाका नोस्तुश केन्जिगेले ३, शाल्डि भान साक्वय र जसदीप सिंहले समान २ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ४ रन बनाएको थियो । उसका कप्तान मोनांक पटेलले अविजित एक सय २१ रनको शतकीय पारी खेले । स्मिथ पटेलले ६३ र शयान जाहान्गिरले ५७ रन जोडे ।

जितसँगै ८ टोेली सहभागी लिग दुईमा २ अङ्कका साथ अमेरिका छैटौँ स्थानमा छ । क्यानडा ६ खेलमा ८ अङ्कका साथ दोस्रो स्थानमा छ । ७ खेलमा ९ अङ्क रहेको स्कटल्यान्ड शीर्ष स्थानमा छ । लिग दुईमा नेपाल २ अङ्कका साथ सातौँ स्थानमा छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय