Saturday, October 5, 2024

अफगानिस्तान र श्रीलङ्कासँगको टेस्ट शृङ्खलाका लागि न्युजिल्यान्डको टोली घोषणा

spot_img

२९ साउन, काठमाण्डाै । अफगानिस्तान र श्रीलङ्कासँगको टेस्ट शृङ्खलाका लागि न्युजिल्यान्डको टोली घोषणा भएको छ । न्युजिल्यान्डले टिम साउदीसँगको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

न्युजिल्यान्डको टोलीमा प्रमुख ब्याटरहरू डेभन कन्वे, ग्लेन फिलिप्स, रचिन रविन्द्र र केन विलियमसन छन् । यस्तै कप्तान साउदीसहित म्याट हेनरी, बेन सियर्स र विल ओरोर्के तीव्र गतिका बलरका रूपमा टोलीमा अटाएका छन् । यस्तै न्युजिल्यान्डको टोलीमा पाँच जना स्पिनरलाई मौका दिइएको छ । टोलीमा मिचेल स्यान्टर, अजाज पटेल, माइकल ब्रेसवेल स्पिनर तथा फिलिप्स र रविन्द्र पार्ट–टाइम बलरका रूपमा छन् ।

एशिया उपमहाद्वीपका खेलहरूमा स्पिनले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएकाले न्युजिल्यान्डका प्रशिक्षक ग्यारी स्टेडले साउदी र अन्य तीव्र गतिका बलरलाई कम प्रयोग गर्ने बताएका छन् ।

न्युजिल्यान्ड र अफगानिस्तानबीचको एक मात्र टेस्ट क्रिकेट आउँदो सेप्टेम्बर ९ देखि भारतको नोयडामा शुरू हुनेछ । यस्तै श्रीलङ्कासँगको दुई खेलको टेस्ट शृङ्खला सेप्टेम्बर १८ तारिखदेखि गलेमा शुरू हुनेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय