Sunday, October 6, 2024

चौथो इन्ट्रा कप फुटबल एवं भलिबल प्रतियोगिता—२०२५ को घोषणा

spot_img

इन्ट्रा—नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले हरेक बर्ष नेपाली मूलका उत्तर अमेरिका(क्यानडा र अमेरिका) मा बसोवास गर्ने युवा युवती एवं खेलप्रेमीहरुका लागि आयोजना गर्ने गरेको इन्ट्रा कप फुटबल(सकर) तथा भलिबल प्रतियोगिता यसपटक अगष्टको अन्तिम सातादेखि सेप्टेम्बरको दोस्रो सप्ताह अन्त्यसम्म अमेरिकाका दुई राज्यहरुमा हुने भएको छ । यी प्रतियोगितामा भाग लिनका लागि खेलाडी र खेल समूह नेपाली मूलको एवं नेपाली भाषी समुदायको
हुनै पर्ने अनिवार्य व्यवस्था गरिएको छ । यसमा अमेरिका र क्यानडा निवासी नेपालीभाषी खेलाडीहरु समावेश हुनेछन् ।

मातृ—पितृभूमिभन्दा टाढा रहे पनि आफ्नो समुदायका बीच आपसी सद्भाव अभिबृद्धि गर्ने, नेपाली जातिका युवाहरुमा खेलको भावना विकास गर्ने, आपसमा स्वच्छ प्रतिष्पर्धाका माध्यमबाट उत्कृष्टता हासिल गर्ने, सामाजिक अनुशासन एवं खेल अनुशासनको माध्यमबाट आपसी भाइचाराको विकास गरी समुन्नत एवं स्वस्थ नेपाली समुदायको निमार्ण गर्ने तथा भावी पुस्तालाई समेत खेलका माध्यमबाट समुदायको सेवामा अभिप्रेरित गर्ने अभिप्रायले फाउण्डेसनका अध्यक्ष श्री डिल्ली अधिकारीले यी प्रतिष्पर्धात्क खेल आयोजनाको परिकल्पना गर्नुभएको हो। समाजमा स्वच्छ प्रतिष्पर्धाको भावना विकास भए जीवनका हरेक मोडहरुमा आत्मविश्वासका साथ अगाडि बढ्न सक्ने क्षमतावान व्यक्तित्व निर्माण गर्न सकिने विश्वासका साथ यी प्रतिष्पर्धात्मक खेलहरु आयोजना गरिएका हुन् ।फाउण्डेसनको सन्चालक समितिले इन्ट्र कप फुटबल प्रतियोगिता सन् २०२५ को अगष्ट ३० देखि सेप्टेम्बर २ सम्म अमेरिकाको ओहायो राज्यको एक्रोन सहरमा र इन्ट्र कप भलिबल प्रतियोगिता सेप्टेम्बर १३ देखि १४ सम्म पेन्सिलभेनियाको ह्यारिसवर्गमा गर्ने निर्णय गरेको छ । दुबै खेलहरुमा पुरुष र महिलातर्फका छुट्टा छुट्टै प्रतिष्पर्धा हुने छ ।

इन्ट्रा कप फुटबलमा पुरुषतर्फ तीन उमेरसमूहका छुट्टा छुट्टै खेल हुने छन् ।
जसअनुसार, इन्ट्रा कप सकर युथमा खुल्ला प्रतिष्पर्धा हुने छ । यो क्लबस्तरीय प्रतिष्पर्धा हो । त्यसैगरी इन्ट्रा कप सकर सिनियर युथतर्फ ३० बर्षदेखि माथिका खेलाडीहरुले भाग लिन पाउने छन् । यो उमेर समूहको खेल अन्तर राज्यस्तर(इन्टर स्टेट)को हुने छ । सकरतर्फ नै ५० बर्षदेखि माथिको उमेर समूह अन्तरगत इन्ट्रा कप भेट्रान्स सकर प्रतियोगिता हुने छ ।

भेट्रान्स समूहको खेल पनि अन्तर राज्यस्तर(इन्टर स्टेट) को हुने छ । यी तीनवटै क्याटगोरीका प्रतियोगिताका बिजेताले १० तोला सुनसहितको रनिंग गोल्ड कप पनि जित्नेछन् । रनिंग गोल्ड कपको पूर्ण स्वामित्वका लागि तीनपटक लगातार खेल जित्नुपर्ने छ । महिलातर्फको फुटबल प्रतियोगिता राज्यस्तरीय (इन्टर स्टेट) हुने र यसमा उमेरसमूह खुला राखिएको छ । फुटबल खेलहरु अमेरिकाको ओहायो राज्यको एक्रोन सहरस्थित कोप्ले सकर कम्पेक्समा अगष्ट ३० तारिकदेखि हुने छन् । यो खेलको समापन सेप्टेम्बर २ तारिक सोही स्थानमा हुने छ ।

फुटबल(सकर)को लागि निम्नबमोजिम पुरस्कारको व्यवस्था गरिएको छ —

१. पुरुष फुटबल(सकर) युथतर्फ— विजेताले १४ हजार अमेरिकी डलर, रनिंग गोल्ड कप र उपविजेताले १० हजार अमेरिकी डलर प्राप्त गर्ने छन् ।

२. पुरुष फुटबल(सकर) सिनियर युथतर्फ (३० बर्षदेखि माथि)— विजेताले १० हजार अमेरिकी डलर, रनिंग गोल्ड कप र उपविजेताले ६ हजार अमेरिकी डलरप्राप्त गर्ने छन् ।

३. पुरुष फुटबल(सकर) भेट्रान्सतर्फ (५० बर्षदेखि माथि) — विजेताले
१० हजार अमेरिकी डलर र उपविजेताले ६ हजार अमेरिकी डलर र रनिंग सिल्ड प्राप्त गर्ने छन् ।महिलातर्फ विजेताले ८ हजार अमेरिकी डलर र उपविजेताले ४ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् ।

भलिबलतर्फको पुरुष तथा महिलातर्फका दुबै खेल पेन्सिलभेनिया राज्यको ह्यारिसवर्गस्थित स्पोकी नूक स्पोर्ट्स कम्पेक्समा सेप्टेम्बर १३ देखि १४ तारिकसम्म हुने छ ।भलिबलतर्फ निम्नअनुसार पुरस्कारको व्यवस्था गरिएको छ—पुरुष भलिबलतर्फ— विजेताले १२,०००(बाह्र हजार) अमेरिकी डलर, रनिंग गोल्ड कप र उपविजेताले ८०००(आठ हजार) अमेरिकी डलर ।महिला भलिबलतर्फ— विजेताले ८०००(आठ हजार) र उपविजेताले ४०००(पांचहजार) अमेरिकी डलर ।खेलको दर्ताका लागि निम्न लिंक प्रयोग गर्नुपर्ने छ—क्ष्लतचब ऋगउ क्यअअभच च्झनष्कतचबतष्यल ँयचm ९ायचकष्तझ।अय०
दर्ता अवधि—फुटबल(सकरतर्फ) — अगष्ट २३, २०२५ सम्म ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय