Sunday, October 6, 2024

समाजसेवीद्वय प्रेम गुरुङ र बुनु समालद्वारा होमलेसहरुलाई भोजन वितरण

spot_img

संयुक्त राज्य अमेरिकाको बस्दै आउनुभएका समाजसेवीद्वय प्रेम गुरुङ र बुनु समालले केही दिन अगाडी पर्न गएको उहाँहरुको दुई छोरी क्वीन र कृपाको जन्मोत्सवको शुअवसरमा श्रावण महिनाको अन्तिम सोमबार २८ गते काठमाडौंका सडकपेटी, पुलमूनी र ढलको पाइपभित्र भोक भोकै रात बस्न बाध्य हुनुभएका सयौं गरीब दुःखीलाई रातको तातो खाना खुवाउनु भएको छ ।

विगत पाँच वर्षदेखी भोका प्यासा मानिसहरुलाई खाना खुवाउँदै आएका युवा समाजसेवी प्रदिप घिमिरे ‘अमूल्य’लाई आर्थिक सहयोग उपलब्ध गराउनुभएको थियो ।

समाजसेवीद्वय प्रेम गुरुङ र बुनु समाल समय समयमा भोजन सेवाका लागि सहयोग गर्दै आउनुभएको छ । सेवा नै सबै भन्दा ठूलो धर्म हो भन्ने सोचका धनी भन्नुहुन्छ, “मरेपछि गरिने दान भन्दा जिउँदो हुदा गरिएको दान लाखौं गुणा ठूलो हुन्छ । जो भोको छ उसको लागि सहयोग गर्दा मलाई सन्तुष्टि प्राप्त हुन्छ । जीवन क्षणीक छ । मृत्यु शास्वत सत्य छ । मरेर लाने केही हैन । मेरेर लाने भनेको पाप र पुण्य मध्ये एक चै पक्का हो त्यसैले पनि म बाचुञ्जेल सकेको सहयोग गर्दछु । मेरो सहयोगको भोकले नियाउरो भएर कलेटी परेका ओठहरुमा मन्द मुस्कान प्रदान गर्न सकिन्छ भने किन नगर्ने ? मैले नगरे कस्ले गर्छ ? अहिले नगरे कहिले गर्ने ???”

समाजसेवीद्वय प्रेम गुरुङ र बुनु समालले दानहरुमध्येको सबैभन्दा ठूलो दान भोजन दान जस्तो पवित्र सेवामा सबैलाई सकेको सहयोग गर्नका लागि अपिल पनि गर्नुभएको छ ।

What’s your Reaction?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय