Sunday, October 6, 2024

द लिटरेरी सोसाइटी अफ भुटानको साधारण सभा सम्पन्न

spot_img

साउन २७, झापा । झापा स्थित भुटानी शरणार्थी शिविर बेलडाँगीमा द लिटरेरी सोसाइटी अफ भुटानको साधारण सभा सम्पन्न भएको छ ।

शरणार्थी शिविरमा भाषा, साहित्य, कला र खेलकुदको प्रवर्द्धनका लागि स्थापना भएको सोसाइटीको साधारण सभा शनिबार समपन्न भएको हो । सभाले नयाँ कार्यकारी समितिको सर्वसम्मत चयन गरेको छ । नयाँ समितिको अध्यक्षमा तिलक राई, उपाध्यक्षमा दिल भुटानी, सचिवमा वीरेन मगर र कोषाध्यक्षमा थिरु प्रसाद घिमिरे सर्वसम्मतीले चयन हुनु भएको हो । सभाले समिति सदस्यमा अविलाल राई, मिरादेवी घिमिरे र गणेश धिमाललाई चयन गरि जम्मा सात सदस्यीय कार्यकारी समिति पाएको छ ।

अतिथि आसनग्रहण, स्वागत मन्तव्य र सङ्गठनको औचित्य माथी छलफल गर्दै सुरु भएको कार्यक्रमको दोस्रो चरणमा बन्दसत्र भएको थियो । बन्दसत्रमा तिलक राईले भुटानी साहित्यको सिंहलोकन तथा एल एस बि को प्रस्तावित विधान प्रस्तुत गर्नु भयो । दिल भुटानीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो भने थिरु प्रसाद घिमिरेले एल एस बि को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भयो । बन्दसत्रमा सभाले प्रस्तावित विधानलाई आवश्यक पिरमार्जन तथा संशोधन गरि पारित गरेको छ ।

‘देशसँग साहित्य’ भन्ने मूल नारा बोकेको द लिटरेरी सोसाइटी अफ भुटान (एल एस बि) सन् २०२१ मा स्थापना भएको हो । स्थपना काल देखि नै एल एस बि ले  भाषा, साहित्य, कला र खेलकुद सम्बन्धि विभिन्न कार्यक्रम गर्दै आएको छ । “पुनर्वास कार्यक्रमपछि भुटानी साहित्यमा प्रतिरोधि विचार अलि शिथिल भएको हो कि भन्ने लाग्यो, र त्यसो हुन नदिन हामीले एल एस बि स्थापना गरेका हौँ” एल एस बि स्थापनाको औचित्यबारे कुरा गर्दै उपाध्यक्ष दिल भुटानीले भुट्निज निउजलाई भन्नू भयो ।

कार्यक्रमका प्रमुख अतिथि बलराम पौड्यलले एल एस बि को हालसम्मको गतिविधिहरु केलाउदै खुसी व्यक्त गर्नु भयो । साथै उहाँले नयाँ निर्वाचित कार्यसमितिलाई शुभकामना दिँदै एल एस बि ले आगामी दिनमा आफ्ना गतिविधि अझ सशक्त ढङ्गले अगाडि लाने पनि विश्वास व्यक्त गर्नु भयो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय