Sunday, October 6, 2024

बेल्डाँगी शिविरमा फेरि ढल्यो रुख, एक  छाप्रोमा क्षति

spot_img

२४ साउन, झापा ।  भुटानी शरणार्थी शिविर बेलडाँगीमा फेरि रुख ढल्दा शरणार्थीका एक छाप्रोमा क्षति भएको छ । सेक्टर A/4 मा बुधबार बिहान ४:१० बजे  ढलेको रुखले एउटा छाप्रामा क्षति पुर्याएको हो ।

रुखले A/4 छाप्रा न.229 लक्ष्मी पुलामीको छाप्रो भत्काएको छ । रुखले मानवीय क्षति भने गरेको छैन ।

शरणार्थी शिविरमा ठुलाठुला रुख रहेको र हुरी-बतास अथवा वर्षा याममा माटो गलेर रुख ढल्दा वर्षेनी  शरणार्थी शिविरमा क्षति हुने गरेको  छ । रूख ढलेर हुने क्षति न्युनिकरणमा वन विभागले खासै चासो नदेखाएको शरणार्थीहरुको गुनासो छ ।

यसै बिच बेलडाँगी शरणार्थी शिविरका सचिव सञ्चहाङ सुब्बाले बर्सेनि रुख ढलेर हुने शरणार्थीका जनधनको क्षति न्यूनीकरणका लागि आवश्यक कदम चाल्न सम्बन्धित निकायलाई आग्रह गर्नु भएको छ । केही समय अघि शिविर व्यवस्थापन समितिले शिविर भित्र रहेको जीर्ण अवस्थाका रूख पहिचान गरि उचित व्यवस्थापन वा कटान गर्न गरिएको माग स्वीकृत भएको स्मरण गर्दै सचिव सुब्बाले भन्नू भयो “नेपाल सरकार, वन विभाग, प्रहरी र शिविर प्रतिनिधि को संयुक्त टोलीले लगत र क्रमाङ्कन गरिसकेका जीर्ण अवस्थाका रुखहरु तत्काल शिविरबाट हटाई दिन मेरो आग्रह छ ।”

सचिव सुब्बाले रूखले छाप्रो भत्काएका परिवारलाई राहत महसुस हुने गरि तत्काल जस्तापाता, बास र आवश्यक सरसमान सहयोग गर्ने सेजल एण्ड सिस्टर्स फाउण्डेसनलाई धन्यवाद दिनु भयो । फाउण्डेसनले हात्ती आतंकका पीडितलाई पनि सहयोग गर्दै आएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय