Sunday, October 6, 2024

कोलम्बस सहरमा पहिलो पटक नेपथ्यको कन्सर्ट हुने

spot_img

वीरेन मगर,

२३ साउन, झापा ।  नेपाली साङ्गीतिक आकाशमा नेपालीपन र नेपाली माटोको आवाज गुञ्जाउने लोकरक व्याण्ड नेपथ्यले अमेरिकाको ओहायो राज्यको राजधानी कोलम्बस सहरमा पहिलो पटक लाइभ कन्सर्ट गर्ने भएको छ ।

आफ्ना गीत सुनाउन छैटौँपटकको साङ्गीतिक यात्रा-२०२४ अन्तर्गत अमेरिका भ्रमणमा रहेको नेपथ्यले अमेरिकाको  कोलम्बस सहरमा यही अगस्ट १७ तारिक साङ्गीतिक  प्रस्तुती दिन लागेको हो ।

अमेरिकाको प्रमुख सहरहरु मध्ये नेपालीभाषीहरुको बाक्लो बसोबास रहेको सहर हाे ओहायो राज्यको राजधानी कोलम्बस । तर यश सहरमा अहिलेसम्म नेपथ्यले प्रस्तुती दिएको भने थिएन । सन् २००४ मा फिनिक्स र वासिङटन डीसीमा आफूलाई प्रस्तुत गर्ने उद्देश्यका साथ पहिलोपटक अमेरिका यात्रा गरेको नेपथ्यले कोलम्बसमा दिन लागेको यो प्रस्तुति नै कोलम्बस सहरका लागि पहिलो कोसेली रहने छ ।

अमेरिकाको प्रमुख सहरमा शृङ्खलाबद्द लाइभ कन्सर्ट गर्न साङ्गीतिक यात्रामा रहेको नेपथ्यले यसपटक अमेरिकाका पूर्वी किनारदेखि पश्चिम किनारसम्म सातवटा फरक-फरक सहरमा सांगीतिक प्रस्तुति दिदैछ। कोलम्बसमा गर्न लागेको यो कन्सर्ट यश भ्रमणको तेस्रो कन्सर्ट  हो ।

विगत ३४ वर्षदेखी नेपाली सङ्गीत आकाशलाई निरन्तर फराकिलो बनाउँदै आइरहेको नेपथ्य आफ्नो मौलिक साङ्गीतिक प्रस्तुतिका कारण चर्चित छ ।

कन्सर्टका लागि अमेरिकाकै चर्चित स्थान केम्बा लाइभमा १७ तारिक शनिबार साँझ आठ बजेदेखी साढे एघार बजेसम्म साढे तीन घण्टा नेपथ्यले दिन लागेको प्रस्तुति निकै नै भव्य हुने आंकलन गरिएको छ ।

What’s your Reaction?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय