Sunday, October 6, 2024

इन्ट्राद्वारा पथरी शरणार्थी शिविरमा एम्बुलेन्स सेवा सुचारु

spot_img

इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अमेरिकाले पथरी शनिश्चरे शरणार्थी शिविरलाई लक्षिति गरि प्रदान गरेको एम्बुलेन्स सेवा आजबाट सुचारु भएको छ ।

पथरी शनिश्चरे नगर प्रमुख मोहन प्रसाद तुम्वापोले पथरी शनिश्चरे नगरपालिकाको पिरसरमा आयोजित एक कार्यक्रमा रिवन काटेर चाबी चालकलाई प्रदान गरी सो एम्वुलेन्स सञ्चालनमा ल्याएको हो ।

फाउन्डेसनले पथरी नगर अस्पताललाई प्रदान गरेको एम्बुलेन्स नगरपालिकाको मातहत सञ्चालन हुने जनाएको छ । “INTRA को लगानी रहेको यो एम्बुलेन्स पथरी शनिश्चरे शरणार्थी शिविर भित्रै रहने छ भने यसलाई सञ्चालन नगरले गर्ने छ” एम्बुलेन्सबारे जानकारी दिदै इन्ट्रा फाउण्डेसन नेपालका संयोजक राम बानियाले भुट्निज न्युजलाई बताउनु भयो ।

कार्यक्रममा नगरका स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, वडाअध्यक्षहरू नैना राई, लोककिरण न्यौपाने, वीरबहादुर राई र नगर खेलकुद विकास समितिको संयोजक दीपक राईको उपस्थिति रहेको थियो ।

यस्तै यता पथरी शनिश्चरे शरणार्थी शिविरमा एम्बुलेन्स आएसँगै शिविरवासी खुसी भएका छन् । दिउँसो डे क्यर सेन्टरमा फाउन्डेसनले प्रदान गरेको एम्बुलेन्स देखेपछि उनिहरु खुसीले नाँच्न गाउन थालेका थिए । कतिपय शरणार्थीले त एम्बुलेन्स नजिकै गएर ढोगेका समेत थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय