Sunday, October 6, 2024

अमेरिकामा दोस्रो पटक नेवार भेटघाट तथा स्वागत कार्यक्रम हुँदै

spot_img

अर्जुन प्रधान,
२१ साउन । नेवार समाज अमेरिकाले दोस्रो पटक नेवार भेटघाट तथा स्वागत कार्यक्रम गर्ने भएको छ । भेटघाट तथा स्वागत कार्यक्रम ओहायोको क्लीवल्याण्डमा सेप्टेम्बर १ तारिखदेखि हुने भएको हो । उक्त कार्यक्रमका प्रचारप्रसार संयोजक कमल प्रधानले अमेरिकामा रहेका नेवार समुदायको कला, साहित्य र सांस्कृतिक पहिचान झल्काउने गरि कार्यक्रमको तयारी भैरहेको बताउनुभयो । उहाँले नेवार जातिमा “एकतामा वल छ, विछेदमा पतन” भन्ने मुल नाराका साथ नेवारिहरूमा साझा लक्ष्यहरू प्राप्त गर्न र चुनौतीहरू पार गर्न एकता र सहकार्यको आवश्यकतालाई बुझाउँदै ऐतिहासिक कार्यक्रम हुन लागेको बताउनुभयो ।

अध्यक्ष गणेश प्रधानले जेष्ठ नागरिक तथा कलेज उत्तीर्ण गरेका नेवारी विद्यार्थीहरूलाई पनि प्रोत्साहनका लागि सम्मान गरिने बताउनु भएको छ। सचिव भक्त प्रधानले कार्यक्रमको सम्पुर्ण तयारी पुरा भइसकेको र विभिन्न सरोकारवालाहरूलाई निमन्त्रणा पठाइसकिएको जानकारी दिनुभएको छ ।

त्यसैगरी, मनोरञ्जनका लागि प्रत्येक राज्यबाट नेवारी नृत्य र अन्य कोशेलीहरूको तयारी भएको सांस्कृतिक संयोजक नारायण प्रधानले बताउनुभयो । समाजमा नेवारी युवाहरूको दायित्व र विकासक्रमका बारेमा महत्वपूर्ण प्रशिक्षण भइरहेको र स्वयंसेवकहरूको कार्य विभाजनमा काम भइरहेको युवा तथा स्वयंसेवक संयोजक द्रौपदी प्रधानले जानकारी दिनुभयो ।

यस अघि पिट्सबर्गमा पहिलो भेटघाट कार्यक्रमले ऐतिहासिक माहोल बनाइसकेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय