Sunday, October 6, 2024

इन्ट्रा फाउन्डेशनद्वारा शरणार्थी लक्षिति एम्वुलेन्स सहयोग

spot_img

अर्जुन प्रधान,
२१ साउन, झापा ।  इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अमेरिकाले पथरी शनिश्चरे शरणार्थी शिविर लक्षितिलाई गरि प्रदान गरेको एम्वुलेन्स सेवा आजबाट सञ्चालनमा ल्याएको छ ।

पथरी शनिश्चरे नगरपालिकाको परिसरमा आयोजित कार्यक्रममा नगर प्रमुख मोहनप्रसाद तुम्वापोले रिवन काटेर एम्वुलेन्सको चाबी चालकलाई हस्तान्तरण गर्दै सो एम्वुलेन्सलाई सञ्चालनमा ल्याइएको हो । नगर प्रमुख तुम्वापोले एम्वुलेन्सको सहयोगका लागि इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशनलाई धन्यवाद ज्ञापन गर्दै पथरी नगरका नागरिकहरूको स्वास्थ्य सेवा सुधारमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । साथै, उहाँले आगामी दिनहरूमा पनि यस किसिमका सहयोग कार्यक्रम जारी रहने अपेक्षा व्यक्त गर्नुभएको छ ।

फाउन्डेशन तेस्रो देश पुनर्वास भएका भूटानी शरणार्थीहरूले स्थापना गरेको संस्था हो । यस संस्थाले भूटानी शरणार्थी प्रभावित क्षेत्रमा सृजनशील कार्यक्रम सहित आवश्यक परेका हरेक क्षेत्रमा सहयोग पुर्याउँदै आएको छ।

एम्वुलेन्स पथरि शनिश्चरे क्याम्पको दे क्यारमै राखिने र नयाँ एम्वुलेन्सले पथरी नगरका नागरिकहरूको स्वास्थ्य सेवामा ठूलो मद्दत पुग्ने विश्वास लिइएको इन्ट्रा फाउन्डेशन नेपालका संयोजक राम बानियाँले बताउनुभएको छ ।

एक महिना भित्र “द भोइस अफ नेपाल ३ का “ बिजेता किरण गजमेरले र इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अमेरिकाले दमक नगरपालीकालाई एम्वुलेन्स दिने कार्यक्रम रहेको र त्यसलाइपनि बेलडाँगी एल्डरली डे केयरमा राखिने बानियाँले जानकारी दिनुभएको छ ।

कार्यक्रममा नगरका स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, इन्ट्रा फाउन्डेशन नेपालका संयोजक राम बानियाँ, वडाअध्यक्षहरू नैना राई, लोककिरण न्यौपाने, वीरबहादुर राई तथा नगर खेलकुद विकास समितिका संयोजक दीपक राईको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अन्त्यमा, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले एम्वुलेन्सको प्रभावकारी प्रयोग गर्न र नागरिकहरूलाई स्वास्थ्य सेवा प्रदान गर्न सुझाव दिनुभएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय