Saturday, October 5, 2024

काभा बिच भलिबलमा नेपालको पहिलो जित

spot_img

१८ साउन, काठमाण्डौ । नेपालले काभा बिच भलिबल च्याम्पियनसिपमा पहिलो जित हासिल गरेको छ । भुटानको राजधानी थिम्पुमा रहेको चाङ्लिमिथाङ राष्ट्रिय रङ्गशालामा आज बिहान भएको पुरुषतर्फको खेलमा नेपालले भुटानलाई २–० को सोझो सेटमा पराजित गरेको हो ।

मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले दुवै सेट २१–१४ ले आफ्नो पक्षमा पारे । पहिलो खेलमा नेपाल माल्दिभ्ससँग २–० को सोझो सेटमा पराजित भएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय