Sunday, October 6, 2024

बेलडाँगी शिविरमा रुख ढल्दा दुइवटा छाप्रामा क्षति

spot_img

१७ साउन, झापा ।  भुटानी शरणार्थी शिविर बेलडाँगीमा रुख ढल्दा शरणार्थीका दुईवटा छाप्रा भत्किएको छ । सेक्टर b/1 मा बुधबार बिहान ५:३० मा ढलेको रुखले दुइवटा छाप्रामा क्षति पुर्याएको हो ।

रुखले b/1 छाप्रा न.20 वीर बहादुर राईको छाप्रो र b/1 छाप्रा न. 29 राधिका घिमिरेको छाप्रो भत्काएको छ । रुखले मानवीय क्षति भने गरेको छैन ।

शरणार्थी शिविरमा ठुलाठुला रुख रहेको र वर्षा याममा माटो गलेर रुख ढल्दा हरेक वर्ष शिविरमा क्षति हुने गरेको  छ । रूख ढलेर हुने क्षति न्युनिकरणमा वन विभागले चासो पनि देखाएको छैन ।

केही समय अघि शिविर व्यवस्थापन समितिले शिविर भित्र रहेको जीर्ण अवस्थाका रूख पहिचान गरि उचित व्यवस्थापन वा कटान गर्न गरिएको माग स्वीकृत भएको छ । माग स्वीकृत भएपनि कार्यान्वयन हुन नसकेको शिविरबासीको गुनासो छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय