Sunday, October 6, 2024

नक्कली भुटानी शरणार्थी र गिरीबन्धु टी चिया बगान प्रकरणको छानबिन गर्न कांग्रेसको माग

spot_img

१४ साउन, काठमाडौं । सत्तारूढ कांग्रेसले नक्कली भुटानी शरणार्थी र गिरीबन्धु टी चिया बगान प्रकरणको छानबिन गर्न माग गरेको छ । आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले विपक्षी दलहरूबाट नक्कली भुटानी शरणार्थी र गिरीबन्धु टी प्रकरणको फाइल दबाउन कांग्रेस–एमाले गठबन्धन बनेको भाष्य सदनको रोस्टमबाट बनाउन खोजिएकाले सरकारले एक्सनबाट यसको जवाफ दिनुपर्ने बताउनु भएको छ ।

‘कुनै मोलाहिजाबेगर इमानको शपथ खाएर इमानदार अनुसन्धान सुरु हुनुपर्छ । त्यो अनुसन्धानले हामी आफैँमाथि पनि प्रश्न गर्दै गर्दा हामी आफैँ पनि छानबिनको दायरामा उभिन तयार हुनुपर्छ,’ उहाँले भन्नुभयो। अरूमाथि अनुसन्धानको माग गर्न सजिलो हुने र आफूमाथिको अनुसन्धान गाह्रो हुने भन्दै शर्माले थप्नुभयो, ‘गिरीबन्धुको ७० बिघा जग्गा कांग्रेसले खाएको हो भनेर सिंगो कांग्रेसलाई नै बदनाम गर्ने गरी एउटा आरोप लागेको थियो, म प्रधानमन्त्रीजीलाई आग्रह गर्न चाहन्छु, कांग्रेसका ती को व्यक्ति हुन्, तिनले छुट पाउनुहुन्न । यो आरोपको छानबिन गरियोस् । नक्कली भुटानी शरणार्थीको प्रकरणमा पनि त्यही हो । निर्दाेष कोही फस्नुहुन्न, दोषी कोही उम्किनुहुन्न ।’

भुटानी शरणार्थीको फाइल खुलेको बेला कांग्रेस र माओवादीको सरकार रहेको स्मरण गराउँदै शर्माले अब एमाले आफूहरूसँगै सरकारमा आएको र यसलाई निष्कर्षमा पुर्‍याउनुपर्ने बताउनुभयो । भुटानी शरणार्थी प्रकरणमा निवर्तमान गृहमन्त्री रवि लामिछानेले संसद्बाट झुट बोलेको उहाँले उल्लेख गर्नुभयो। ‘निवर्तमान गृहमन्त्रीले संसद्को रोस्टमबाट भन्नुभयो, कुनै फाइल खोलेको २४ घण्टामा सरकार ढालियो । ठूलो स्वरमा भन्दा कयौँ नागरिकलाई पनि लाग्यो, हो न हो रवि लामिछानेले भुटानी शरणार्थीको फाइल खोल्नेबित्तिकै सरकार ढालिएको हो कि ? यो भ्रम दिने मीठो कोसिसलाई म चिर्न चाहन्छु । रविजी पछिल्लोपटक गृहमन्त्री भएको मिति हो, २०८० फागुन २३ गते । नक्कली भुटानी शरणार्थीको फाइल खुलेर मुद्दा नै दायर भएको मिति हो, २०८० जेठ १० गते । अर्थात् मुद्दा दर्ता भएको ९ महिना १३ दिनपछि रविजी गृहमन्त्री बन्नुभएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय