Sunday, October 6, 2024

‘तिम्रो आँखै रसिलो’बोलको गितको म्युजिक भिडियो सार्वजनिक

spot_img

अर्जुन प्रधान नेपाली कथानक चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को ‘आँखै रसिलो’बोलको गितको म्युजिक भिडियो युट्युव च्यानल ओएस आर डिजिटल मार्फत सार्वजनिक भएको छ । दीपक शर्माको शब्द तथा संगीत रहेको गितमा गायिका अस्मिता अधिकारी र गायक सविन सुवेदीको स्वर रहेको छ । गितको भिडियोमा कविराज गहतराजको नृत्य निर्देशन रहेको छ ।

गीतमा मुख्य कलाकार रोशन श्रेष्ठ र आयुशा समालसँगै मेरो डान्स युनिभर्सकी विजेता खुशी कार्की, नारायण प्रधान, ‘डान्स इण्डिया डान्स’ फेम्ड नरेशवीर सिंहलाई फिचर्ड गरिएको छ ।मित्र प्रधान उर्फ नर प्रधान एक भुटानी लेखक तथा यस चलचित्रका कथाकार तथा निर्देशकपनि हुन् । यस चलचित्रको लेखनमा शिबम अधिकारी रहनु भएको छ । प्रधानको निर्देशनमा बनेको यो चलचित्र अमेरिका लगायत विभिन्न देशहरू नेपाल, बर्मी , भुटानको दृश्य समावेश गरेको कलाकार नारायण प्रधानले बताए  ।

उक्त चलचित्रमा नेपाली भाषीहरूको कथा ब्यथाहरूलाइ चलचित्रमा राखिएको छ । नेपालका चर्चित कलाकारहरू रोशनश्रेष्ठ, विल्सनविक्रम राई, बुद्धि तामाङ, विजय बराल, आयुशा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, बिजिता बर्देवा, देवराज राजबंशीको अभिनय रहेको छ ।नेपाली कथानक चलचित्र ‘यो मन त मेरो नेपाली हो’ चाडै नेपालको विभिन्न हलहरूमा प्रर्दशन हुने र अमेरिका लगायत अन्य मुलकहरूमा पनि देखाउने कलाकार नारायण प्रधानले जानकारी दिएका छन् । उक्त चलचित्रको सबै कामको तयारि भइसकेको र हलहरूको लागि तारिक पर्खिरहेको निर्देशकले भुटनिज न्युजलाई बताएका छन् । यस चलचित्रलाइ छांयकन सौरभ लामाले गरेका हुन् ।

 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय