Sunday, October 6, 2024

अमेरिकामा “हिटलर आउँदैछ “

spot_img

अमेरिकाको अक्रोन राज्यमा रहेको प्रख्यात थिएटर सिभिक थिएटरमा जोयस पाण्डे र बिमल सुबेदीको संयुक्त लेखन तथा बिमल सुबेदीको नै निर्देशन रहेको नाटक ” हिटलर आउँदैछ ” को वर्ल्ड प्रिमियरको तयारी रहेको अन्तर्राष्ट्रिय पत्रकार सम्मेलन द्वारा अधिकारीक जानकारी गराईएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट प्रतिनिधिमुलक ढंगले उपस्तिथी रहेको पत्रकार सम्मेलनमा तालमेजकी मेयर क्यारोल सिसिलियनको पनि उपस्तिथी रहेको थियो भने मेयर क्यारोलले यस नाटकको खुलेर प्रशंसा गरेकी थिईन । भुटनिक कम्युनिटी यसोसिएसनका अध्यक्ष मनोरथ खनालले समुदायमा मानसिक स्वास्थ्यको कारणले धेरैको घरबार बिग्रेको आत्महत्या जस्ता भयाबह अवस्था रहेको दर्दनाक अवस्थालाई नाटकको माध्यमबाट सकरात्मक सन्देश प्रबाह गर्ने सबै भन्दा उत्तम बिकल्प रहेकोले यस्ता प्रकारका नाटक बनाउन प्रोत्साहन गरेका थिए । बिमल सुबेदी नेपाली नाट्यक्षेत्रका उत्कृष्ट निर्देशक हुन । उहाहरुले नेपाली नाटकलाई अन्तर्राष्अन्तर्राष्ट्रियट्रियकरण मात्रा गर्नुभएन तर नेपाली दर्शकलाई अन्तर्राष्ट्रियस्तरको कलाको स्वाद पनि चखाए ।

नाटक हिटलर आउँदैछमा नेपाली भाषी भुटानी र डाय्स्फोराको बिषय मात्र होइन नेपाली युवा पुस्ताहरुको समस्यालाई पनि समेटिएको निर्देशक सुबेदीले बताउनुभएको थियो । यसरी अन्य प्रसिद्द् आयातित कथाहरु बन्दा पनि आफ्नो मौलिक कथा , पहिचान र अवस्थालाई समेट्दा आफ्नो छुट्टै छाप रहने र नेपाली नाटकलाई अन्तर्राष्ट्रिय जगतमा लान सकिन्छ भनेर प्रष्ट्याउनु भएको थियो भने आफुले २० बर्ष भन्दा लामो अनुभबमा २० वटा भन्दा बढी देशहरुमा काम गरिसकेको अनुभब बताउदै सुरुवातको समयमा धेरै चुनौती रहे पनि अहिले सम्म आफ्नो सँस्कार , संस्कृति र कलालाई अन्तर्राष्ट्रिय जगतमा राख्न सकिने बताउनुभयो ।

यस नाटकका लेखक तथा कलाकार जोयस पाण्डे नेपाली चलचित्र जगतका पुरारा तथा स्थापित कलाकार हुन । उनी आँफैमा निर्देशक पनि हुन । उनले धेरै वटा नाटकमा काम गरिसकेका छन । उनले फेरी काम गर्न मन लागेकोले यस नाटकमा सहलेखन तथा मुख्य कलाकारको रुपमा काम गर्न मन लागेको उहाले बताउनु भएको थियो । यस नाटक सामाजिक राजनैतीक ब्यङ्य भएता पनि म्युजिकल डार्क कमेडी हुनेछ । यो नाटक अगस्ट २३ मा एक्रोनमा मन्चन भए पछी वर्ल्ड प्रिमियरको लागि सुरुवात हुनेछ । यस नाटक अमेरिका , भारत, नेपाल लगायत अन्य देशहरुमा मन्चन हुनेछ। यस नाटक मनोरञ्जन मात्र नभईकन राजनैतीक र सामाजिक बिषय बस्तुको गहन आवाज बुलन्द हुने पनि जानकारी गराईएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय