Saturday, October 5, 2024

भारतलाई हराउँदै श्रीलङ्काले पहिलाे पटक जित्याे महिला एशिया कपकाे उपाधि

spot_img

१३ साउन, काठमाण्डाै । भारतलाई हराउँदै आयाेजक श्रीलङ्काले महिला एशिया कप टी–२० क्रिकेटकाे उपाधि जितेकाे छ । आज भएकाे फाइनलमा श्रीलङ्काले भारतलाई ८ विकेटले हरायाे ।

भारतले दिएकाे १ सय ६६ रनकाे लक्ष्य श्रीलङ्काले ८ बलअघि नै मात्र २ विकेट गुमाएर भेटायाे । श्रीलङ्काकी हर्षिथा समराविक्रमाले नट आउट ६९, कप्तान चमारी अथपथ्थुले ६१ रन बनाइन् । भारतकी दिप्ती शर्माले १ विकेट लिइन् ।

यसअघि दम्बुलामा टस जितेर ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६५ रन बनायो । भारतकी स्मृति मन्धानाले ६०, रिचा घोषले ३०, जेमिमा रोड्रिगेजले २९ रन बनाइन् । श्रीलङ्काकी कविशा दिल्हारीले २ विकेट लिइन् ।

श्रीलङ्काले पहिलाे पटक उपाधि जितेकाे हाे । यसअघि सन् २००४, २००५–०६, २००६, २००८ र २०२२ मा फाइनलमा पुगेकाे श्रीलङ्का उपविजेतामै सीमित भएकाे थियाे । भारतले भने सात पटक उपाधि जित्दा दुई पटक उपविजेता बनेकाे छ ।सन् २००४, २००५–०६, २००६, २००८, २०१२, २०१६ र २०२२ मा उपाधि जितेकाे थियाे ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय