Sunday, October 6, 2024

सेभेन स्पाइसेसद्वारा पथरी क्याम्पमा बालबालिका र वृद्ध आमा बुवाहरुलाई सहयोग

spot_img

साउन १२ , पथरी । अमेरिकाको ओहायो राज्यको सिन्सिनिटीमा स्थापित सेभेन स्पाइसेसद्वारा पथरी शनिश्चरे क्याममा सामुहिक सहभोज , वृद्ध आमा बुवाहरुलाई नगद आर्थिक सहयोग र फुटबल खेलाडीहरुलाई खेलकुद सामाग्री बितरण गरिएको छ ।

स्थानिय सम्योजकको रुपमा बिनम राई लगायत आइतराज राई , ईन्द्र मगर लगायत अन्य युवाहरुको ब्यवस्थापनमा आयोजित कार्यक्रममा सम्पूर्ण शिविर बासीहरुलाई सगभोजको लागि अनौपचारिक निमन्त्रणा गरिएको थियो। क्याम्प भित्रबाट ६० बर्ष माथिका ५१ जनलाई जनही ३ हजार रुपैयाँ उपलब्ध गराईएको थियो भने स्थानिय पथरी शनिश्चरे -१० बाट आउनु भएकाहरुलाई पनि केही आर्थिक सहयोग प्रदान गरिएको थियो । सेभेन स्पाइसेस समुह सँग आबद्द खेलाडीहरुले अमेरिकामा सम्पन्न भएको अन्तर क्याम्प स्तरिय फुटबल प्रतियोगिताको उपाधी नगद पुरस्कारमा व्यक्तिगत सहयोग पनि समावेश गर्दै क्याममा रहेका महिला र पुरुष फुटबल टिमलाई नै २ सेट जर्सी , फुटबल सुज , मोचा , फुटबल र भलिबल खेलाडीहरुको लागि पनि भलिबल प्रदान गरिएको छ । कार्यक्रममा शिविर सचीव करण राईले सम्पूर्ण सेभेन स्पाइसेसको टिमलाई धन्यबाद प्रकट गर्नुभएको थियो ।

निस्वार्थ सेवा गर्ने सोचले गैरनाफामुलक संस्था सेभेन स्पाइसेस जसका सदस्यहरु राजन चौहान , प्रेम खडा , उमेश मगर , रोहित अधिकारी , बिशाल राई , तुल सुबेदी , राम थापा , चन्द्र चिमोरिया, डिल्ली चम्लागाइ,समित मोक्तान , ओम खतिवडा र मन भट्टराई रहेका छन् । सन् २०२४ मा स्थापित गरिएको पूर्व नेपालमा रहेका सात वटा क्याम्पबाट हाल अमेरिकामा रहेका युवाहरुको सामाजिक काम गर्ने उदेश्यले खोलिएको संस्था हो । संस्थाको यस कार्यबाट बालबालिका , युवाहरु र वृद्ध आमा बुवाहरु नै खुशी देखिएका छन् । यस कार्यक्रमलाई सम्पन्न गर्न मुख्य प्रायोजक दिवस खड्का , प्रायोजक लक्ष्मी सङ्ग्रौला र सह प्रायोजकमा केशर खतिवडा , मन भट्टराई , रोहित सुबेदी , रोहित रिमाल लगायत अन्य सहयोगीहरुमा ओम गौतम , जय सुबेदी , श्याम बानिया , कर्ण पौडेल , याम राई , देवान क्षेत्री,थाक खतिवडा , सोनमा तामाङ , प्रेम खड्का , उमेश मगर ,रजन चौवान , श गुरुङ्ग , रमेश शिवा , किरण थापा , बिरेन्द्र खड्का ,यादव राई , दानिएल राई , खडा नन्द सन्यासी र दिल्ली चम्लागाई रहेका छन् ।

What’s your Reaction?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय