Monday, October 7, 2024

सेटलमेन्ट वाच टिम पथरीद्वारा बाँसको मुढा उत्पादन सुरु

spot_img

१० साउन, झापा ।  पथरी शनिश्चरे क्याम्पमा सेटलमेन्ट वाच टिमले आर्थिक स्रोत जुटाउने उद्देश्यले बाँसको मुढा बुन्ने कार्यक्रम सुरु गरेको छ ।

नव निर्वाचित बस्ति व्यवस्थापन समितिको नयाँ कार्यकालदेखी नै बन्द भएको सेटलमेन्ट वाच टिमलाई सुचारु गर्दै दुर्व्यसन तथा अराजक गतिविधीमा संलग्न भएकाहरुलाई नियन्त्रणमा लिएर सुधारको लागि सेल्टरमा नै राख्दै सुधार गर्ने कार्य गर्दै आईरहेको छ ।

सेटलमेन्ट वाच टिमका संयोजक मंगलसिङ राई र टिमले सम्पूर्ण व्यस्थापकिय कार्य गर्दै आईरहेको छ । सेल्टरमा बस्नेहरुको लागि आर्थिक स्रोत जुटाउने र सिप सिकेर सबल बन्न सकोस भन्ने उद्देश्यले उक्त कार्यको थालनी गरेको सेक्टर हेड अर्जुन राईले जानकारी दिनु भएको छ । अहिले सेल्टरमा बस्ने र स्थानियको संयुक्त रुपमा उक्त कार्यक्रम भइरहेको छ ।

What’s your Reaction?
+1
0
+1
1
+1
0
+1
1
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय