Sunday, October 6, 2024

बेलडाँगीमा जङ्गली हात्तीले फेरि भत्कायो शरणार्थीका छाप्रा, पुननिर्माणमा चुनौती

spot_img

बिरेन मगर

८ साउन, झापा (बेलडाँगी) । भुटानी शरणार्थी शिविर बेलडाँगीमा जङ्गली हात्तीले फेरि शरणार्थीका छाप्रा भत्काएको छ ।आज मङ्लबार बिहान २:३० बजे आएको जङ्गली हात्तीले बेलडाँगी स्थित ए,३- १५९ माइत सिङ मगरको छाप्रो, ए,३-१५६ फूर्वा वाङ्दी सेर्पाको छाप्रो र ए,३- १४९ नर माया गुरुङको छाप्रो गरि ३ वटा छाप्रा भत्काएको छ । हात्तीले छाप्रा भत्काएर शरणार्थीका चामल, दाल लगायत खाद्यान्न खाएको ए,३ का युनिट प्रतिनिधि रुपा मगरले भुट्निज न्युजलाई जानकारी दिनु भएको छ।

जङ्गली हात्तीले बेलडाँगी शिविरमा यस अघि पनि शरणार्थीका थुप्रै छाप्रा भत्काइसकेका छन् भने केही शरणार्थीले ज्यान समेत गुमाउनु परेको छ । जङ्गली हात्तीको आक्रमणमा परी ज्यान गुमाउन पुगेका शरणार्थीका आफन्तले सरकार वा दातृ निकायबाट क्षतिपूर्ति पाउने गरेको छैन । स्थानिय नेपाली नागरिकले क्षतिपूर्ति पाइरहँदा भुटानी शरणार्थीलाई भने शरणार्थी भएकै कारण क्षतिपूर्ति नपाएको बेलडाँगी शिविरका सचिव सञ्चहाङ सुब्बा बताउनु भयो ।


कतैबाट पनि शरणार्थीलाई क्षतिपूर्ति दिलाउन नसकेपछि हाल शिविर व्यवस्थापन समितिको पहलमा सेजल एण्ड सिस्टर फाण्डेसनले शरणार्थीलाई केही सौलियत भने दिन सुरु गरेको छ । जङ्गली हात्तीसँगै सरकारबाट पनि अन्यायमा परेका शरणार्थीलाई सेजल एण्ड सिस्टर फाण्डेसनले एक बोरा चामल र आवश्यकता अनुसार छाप्रो पुन निर्माणका लागि बाँस उपलब्ध गराउने भएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय