Sunday, October 6, 2024

अमेरिकाको कोलम्बसमा साङ्गीतिक प्रस्तुतीका लागि उद्दित र आदित्य आउँदै

spot_img

८ साउन । अमेरिकाको कोलम्बसमा चर्चित गायक उद्दित नारायण झा र आदित्य नारायण झा अगष्ट ४ मा साङ्गीतिक प्रस्तुतीको लागि देम्बी प्रोडक्सन र म्युजिक भाइब्सको आयोजनामा आउने भएका छन् ।

साङ्गीतिक कार्यक्रमको लागि बडे मियान र छोते मियान भब्य साङ्गीतिक कार्यक्रमको आयोजनामा हुन लागेको यस कार्यक्रममा नेपाली र भारतीय सङ्गीतको क्षेत्रमा सर्बाधिक लोकप्रिय गायक उद्दित र उनको छोरा अभिनेता, सङ्गीतकार तथा गायक आदित्य र दिपा झा पनि एकै साथ आउने भएका हुन् । प्ले ब्याक ब्याण्डको लागि ३० जनाको जम्बो टिम पनि आउने भएका छ । कार्यक्रमको सुरुवातमा भूटानी समुदायका कलाकार प्रवीण दियालीको प्रस्तुती रहनेछ । कार्यक्रम प्रवेश शुल्क ८५ डलर राखिएको छ । अर्चना इन्टरनेशनल ग्रोसरी रेनोल्डबर्ग, रोयल प्यालेस एक्रोन साथै व्यक्तिगत सम्पर्क विशाल क्षेत्री सिनसिनिटी र कल्याण बराइली क्लेभल्याण्डद्वारा अधिकारिक अग्रिम टिकट बिक्री भइरहेको छ ।

यस्तै, अन्तराष्ट्रिय स्तरको कार्यक्रमले सङ्गीतको उचाइसँगै आफ्नै समुदायका नव प्रतिभाहरुलाई अगाडि बढ्न प्रोत्साहन पुगेको आयोजकको भनाई छ ।  यस्तै कार्यक्रमको आयोजना भइरहँदा नेपाली गीत सङ्गीतप्रतिको मोह पनि बढेको आयोजकको भनाई छ ।

What’s your Reaction?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय