Monday, October 7, 2024

अमेरिकाको ओहायोमा नेपाली भाषी भूटानी दम्पती मृत अवस्थामा फेला

spot_img

३ साउन, (कोलम्बस) ओहायो ।  रेनोल्ड्स्बर्गको एक घरमा नेपाली भाषी भूटानी दम्पतीलाई प्रहरीले मृत अवस्थामा फेला पारेको छ ।

बुधवार बिहान ८ बजे कसैले प्रहरीलाई रोबिन्स लुप ड्राइभको ८६०० ब्लकमा एक व्यक्ति लडिरहेको छ भनेर खबर गरेको थियो । प्रहरी घरमा पुग्दा अगाडीको ढोका खुल्ला रहेको थियो ।

प्रहरीले पछाडीको आगनमा एक जना श्रीमान र माथिल्लो शयन कक्षमा श्रीमतीलाई मृत अवस्थामा भेटाएको थियो । रेनोल्ड्स्बर्गका प्रमुख कर्टिस बेकरले समुदायमा अन्य जोखिम नभएको जानकारी दिएका छन् ।

प्रहरीले ढोका खुल्ला नै भएकोप्रति शङ्का गरेको छ । त्यहाका स्थानीयले घरमा अन्य ३ जना बच्चाहरु पनि बस्ने गरेको बताएका छन् । पारिवारिक सम्बन्धको विषयमा खुलेको छैन । स्थानीयका अनुसार परिवारिक सम्बन्ध सामान्य रहेको थियो । घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय