Saturday, October 5, 2024

राफेल नाडाल यूएस ओपनका लागि प्रवेश सूचीमा

spot_img

चार पटकका च्याम्पियन राफेल नाडाल  यूएस ओपनका लागि प्रवेश सूचीमा परेका छन् । हिजो सार्वजनिक गरिएको मुख्य ड्र मा ३८ वर्षीय स्पेनी खेलाडी नाडालले अगस्ट २६ तारिखदेखि सुरु हुने प्रतियोगितामा कोर्ट उत्रने गरी नवौं वरीयता प्राप्त गरेका छन् ।

२२ पटकको ग्रान्डस्लाम विजेता नाडालले नर्डिया ओपनमा लियो बोर्गलाई ६–३, ६–४ को सेटमा पराजित गर्दै मे २७ तारिखपछि पहिलो एकल खेल खेलेका हुन् । सन् २०१९ मा न्युयोर्कको हार्डकोर्टमा चौथो पटक उपाधि जितेपछि नाडालले सन् २०२२ मा एक पटक मात्र यूएस ओपन खेलेका छन् ।

उनी १४ खेलाडीमध्ये एक थिए, जसले संरक्षित वरीयताका साथ मुख्य ड्र मा स्थान बनाएका थिए । नाडालले सन् २०१०, २०१३, २०१७ र २०१९ मा यूएस ओपनको उपाधि जितेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय