Monday, October 7, 2024

सर्लाही प्रहरीद्वारा चोरी डकैतीमा संलग्न एक जना पक्राउ

spot_img

३१ असार, सर्लाही ।  सर्लाही प्रहरीले चोरी डकैतीमा संलग्न रहेको आरोपमा एक जनालाई गोली हानेर पक्राउ गरेको छ । लालबन्दी नगरपालिका–२ का विजेन्द्र पासवानलाई भारतीय सीमा नजिक रहेको शीतलपुरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो ।

पासवानलाई घुँडामुनि एक राउन्ड गोली लागेको छ । मधेशका बारा, सर्लाही, महोत्तरी र सिरहासँगै सीमावर्ती सिन्धुली जिल्लामा चोरी डकैतीका सात वटा घटनामा पासवान संलग्न रहेको प्रहरीको भनाइ छ । उनले पछिल्लो समय एक करोड रुपैयाँभन्दा बढीको नगद, सुनचाँदीका गरगहना तथा सरसामान लुटेको पाइएको डीएसपी जैसवारले बताउनुभयो ।

त्यस्तै पासवानमाथि सिन्धुलीको झपसी क्यानेश्वर, बाराको गढीमाई, सर्लाहीको भक्तिपुर, सिरहाको लहान र महोत्तरीको भङ्गाहा तथा समसीमा चोरी डकैती गरेको प्रहरीको आरोप छ । प्रहरीका अनुसार उनले २०५९ सालदेखि चोरी डकैती गर्दै आएका थिए । पासवानको अहिले जलेश्वर प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय