काठमाण्डौ । भारत र जिम्बावेबीचको चौथो टी–२० क्रिकेट आज हुँदैछ । खेल बेलुका पौने ५ बजे जिम्बावेको हरारेमा शुरु हुनेछ । पाँच खेलको शृङ्खलामा भारत २–१ ले अघि रहेको छ ।
आजको खेल जितेमा शृङ्खला नै भारतले जित्नेछ । शृङ्खलामा आसा जोगाइराख्न जिम्बावेलाई आज जित्नैपर्ने दबाब छ । पहिलो खेल जिम्बावेले जितेको थियो भने दोस्रो र तेस्रो खेल भारतले जितेको थियो । पाँचौ तथा अन्तिम टी–२० भोलि हुनेछ ।