Saturday, October 5, 2024

आईसीसी च्याम्पियन्स ट्रफीका लागि भारतीय टोली पाकिस्तान जाने सम्भावना कम

spot_img

२७ असार ।  सन् २०२५ को आईसीसी च्याम्पियन्स ट्रफीका लागि भारतीय क्रिकेट टोली पाकिस्तान जाने सम्भावना कम देखिएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले च्याम्पियन्स ट्रफी संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई या श्रीलङ्कामा गराउनका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) लाई आग्रह गर्ने भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ । बीसीसीआईले आईसीसी प्रतियोगिताका लागि राष्ट्रिय टोली पाकिस्तान पठाउने वा नपठाउनेबारे औपचारिक रूपमा पुष्टि गर्न बाँकी छ ।

गएको वर्ष एशिया कपको आयोजना पनि ‘हाइब्रिड मोडल’ अनुसार भएको थियो जसमा भारतले आफ्ना सबै खेल श्रीलङ्कामा खेलेको थियो । एउटै प्रतियोगिताको खेलहरू विभिन्न देशमा आयोजना गरिन्छ भने त्यसलाई ‘हाइब्रिड मोडल’ भनिन्छ ।

पाकिस्तानले च्याम्पियन्स ट्रफीका लागि तयारी शुरु गरिसकेको छ । प्रतियोगिताको तयारीका लागि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले स्टेडियम मर्मतका लागि १७ अर्ब रुपी छुट्याएको छ ।

भारत र पाकिस्तानले सन् २०१२–१३ पछि अहिलेसम्म द्विपक्षीय शृङ्खला खेलेका छैनन् । भारतीय टिम सन् २००२ पछि पाकिस्तान गएको छैन । भारत र पाकिस्तानले आईसीसी प्रतियोगितामा मात्र एकअर्कासँग खेल्दै आएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय