Saturday, October 5, 2024

क्यानडालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनल प्रवेश

spot_img

२६ असार ।  अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा पुगेको छ । अमेरिकाको मेट लाइफ स्टेडियममा भएको खेलमा क्यानडालाई २–० गोलले हराउँदै अर्जेन्टिना उपाधि नजिकै पुगेको हो । उसका लागि खेलको २२ मिनेटमा जुलियन अल्भारेज र ५१ औँ मिनेटमा लियोनल मेस्सीले गोल गरे ।

अर्जेन्टिना इक्वेडरलाई हराउँदै र क्यानडा भेनेजुएलालाई हराउँदै सेमिफाइनलमा पुगेका हुन् । अब अर्जेन्टिनाले उपाधिको लागि उरुग्वे र कोलम्बियामध्ये एउटा देशसँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा भोलि बिहान पौने ६ बजे उरुग्वे र कोलम्बियाले खेल्नेछन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय