Monday, July 8, 2024

भुटानी समुदायका सिदार्थ विश्व हलिउडमा काम गर्दै

१४ असार, झापा । नेपाली भाषी भुटानी समुदाय द्वारा सम्भवत पहिलो पटक हलिउडमा निर्देशकहरुको टिममा निर्देशनको काम सिदार्थ विश्वले काम गरेका छन । उनले तिर्मो मेरो प्रडक्सन हाउसबाट उत्पादन गरिएको ” खै के खै के ” नेपाली चलचित्रलाई लेखन तथा निर्देशनको काम पनि पुरा गरी सकेका छन ।

नेपाल झापाको बेलडाङ्गी-२ मा जन्मिएका उनी हाल अमेरिकाको ओहायो कोलम्बसमा छन । उनी केही बर्ष यता देखी नै डिस्नेमा काम गर्दै यो क्षेत्रमा काम गर्दै आईरहेका छन । हलिउड शोमा र जस्री स्टोरमा काम गरिसकेका उनले सैल युनीभर्सिटीबाट चलचित्र क्षेत्रको अध्ययन गरेका हुन ।


उनले हलिउड चलचित्र सुपर म्यानमा सहायक निर्देशकको रुपमा अहिले काम गर्दैछन । हिजोको दिन नेपालको क्याममा रहदा ब्लाक एण्ड वाईट टेलिभिजन हेर्न पनि अर्काको घरको लागि खाँदै हेर्नुपर्ने अवस्थाबाट आएको एकजना शरणार्थीले यसरी काम गर्नु धेरैको लागि खुशी र प्रेरणाको बिषय हो ।

What’s your Reaction?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0
सम्बन्धित
थप

लोकप्रिय