Monday, July 8, 2024

कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाको लगातार दोस्रो जीत

कोपा अमेरिका फुटबलमा साविक विजेता अर्जेन्टिनाले लगातार दोस्रो जीत निकालेको छ । अर्जेन्टिना समूह ए बाट अघिल्लो चरणमा पुगेको छ । उसले आज बिहान भएको समूह ए को खेलमा चिलीलाई एक–शुन्य गोलले हरायो ।

न्यू जर्सीमा भएको खेलमा ८८ औँ मिनेटमा लाउटरो माट्रिनेजले गरेको गोल नै निर्णायक भयो । अर्जेन्टिनाले पहिलो खेलमा क्यानडालाई दुई–शुन्य गोलले हराएको थियो । लगातार दुई जीतसहित अर्जेन्टिना समूह  ए  को शीर्ष स्थानमा छ । उसको छ अङ्क छ ।

आज बिहान भएको खेलमा क्यानडाले पेरूलाई एक–शुन्य गोलले हरायो । क्यानडाका लागि जोनाथन डेभिडले खेलको ७४औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। क्यानडा दुई खेलमा तीन अङ्कसहित दोस्रो स्थानमा छ । दुई खेलमा समान एक अङ्क भएका चिली तेस्रो र पेरु चौथो स्थानमा छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सम्बन्धित
थप

लोकप्रिय