Monday, October 7, 2024

आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

spot_img

काठमाण्डौ ।  आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको जुन २६ तारिखलाई अन्तर्राष्ट्रिय लागूऔषध दुरुपयोग तथा अवैध ओसार पसारविरुद्धको दिवसको रूपमा मनाउने संयुक्त राष्ट्र सङ्घको सन् १९८७ को घोषणापत्रमा उल्लेख छ ।

विश्व समुदायलाई लागूऔषधको असर र कारोबारबाट मुक्त गराउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ । विश्व लागूऔषध प्रतिवेदनले लागूऔषध प्रयोगकर्ताको सङ्ख्या बर्सेनि बढ्दै गइरहेको देखाएको छ ।

नेपालमा ‘लागूऔषध दुरुपयोगविरुद्ध लडौँ, रोकथाममा जोड दिऔं’ भन्ने नाराका साथ आज प्रभातफेरीसहित र्‍याली निकालिएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको प्रमुख आतिथ्यमा भृकुटीमण्डपको मूल गेटबाट शुरु भएको प्रभातफेरी र्‍याली रत्नपार्क हुँदै नेपाली सेनाको जङ्गी अड्डामा गएर समापन भएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय