Monday, October 7, 2024

स्वयम्भुमा २५ वर्षिय युवकको शव आफ्नै कारमाभित्र फेला

spot_img
अर्पित राई

२१ भाद्र काठमाडौं । काठमाडौंको स्वयम्भु हाईटमा पार्किङ गरेर राखिएको गाडीभित्र शव फेला परेको छ ।

स्वयम्भु मन्दिरको पैसा फाल्ने स्थानभन्दा तल पार्किङ गरिराखेको अवस्थामा आफ्नै कारमा २५ वर्षिय श्यामकुमार श्रेष्ठको शव फेला परेको बताईएको छ । उनी नैकाप बासिन्दा रहेको प्रहरीले जनाएको छ ।

बा. ७ च ७०२१ नम्बरको कारभित्र पछाडीको सिटमा घोप्टो पारेर राखिएको अवस्थामा शव फेला परेको डिएसपी डोविन्द्र बोगटीले जानकारी दिनुभयो । शव सढेको अवस्थामा भएकाले पोष्टमार्टमपछि मात्र घटनाबारे थाहा हुने चिकित्सकको भनाइ छ ।

भित्रबाट रगत बगिरहेको अवस्थामा गाडी फेला परेपछी स्थानियले प्रहरीलाई खबर गरेका थिए । घट्नाबारे अनुसन्धान भईरहेको बताईएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय