Saturday, October 5, 2024

कोपा अमेरिकामा उरुग्वे र अमेरिकाको विजयी शुरुवात

spot_img

काठमाण्डौ । कोपा अमेरिकी फुटबल–२०२४ मा उरुग्वेले पानामालाई हराउँदै विजयी शुरुवात गरेको छ । आज बिहान भएको समूह ‘सी’को दोस्रो खेलमा उरुग्वेले पानामालाई ३–१ गोलले पराजित गरेको हो ।

उरुग्वेको जितमा म्याक्सिमिलियानो अराउजो, डार्विन नुनेज र माटियास विनाले समान एक गोल गरे । पानामाको लागि भने माइकल अमिरले मात्र एक गोल गर्न सके । यो जितसँगै तीन अङ्कका साथ उरुग्वे समूह ‘सी’ को शीर्ष स्थानमा रहेको छ । पानामा भने तेस्रो स्थानमा छ ।

यसैबीच आजै भएको समूह ‘सी’को पहिलो खेलमा घरेलु टोली अमेरिकाले बोलिभियालाई २–० गोल अन्तरले हराउँदै विजयी शुरुवात गरेको छ । टेक्सासमा भएको खेलमा अमेरिकाका क्रिष्टियन पुलिसिस र फ्लोरिन बालोगुनले समान एक गोल गरे । अमेरिका तीन अङ्कका साथ दोस्रो स्थानमा छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय