Saturday, October 5, 2024

टी–२० विश्वकपको सुपर आठमा अस्ट्रेलिया अफगानिस्तानसँग २१ रनले पराजित

spot_img

काठमाण्डौ । आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर आठमा अफगानिस्तानले अस्ट्रेलियालाई २१ रनले हराएको छ । अफगानिस्तानले दिएको एक सय ४९ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १९ ओभर दुई बलमा एक सय २७ रनमा आलआउट भयो ।

अस्ट्रेलियाका लागि ग्लेन मेक्सवेलले सर्वाधिक ५९ रन बनाए । अफगानिस्तानका गुल्बादिन नाइबले चार तथा नविन उल हकले तीन विकेट लिए । यस्तै अजमातुल्लाह ओमरजाई, रसिद खान र महोम्मद नाबीले समान एक विकेट लिए ।

यसअघि किङ्सटाउनमा टस हारेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ४८ रन बनायो । उसका रहमानुल्लाह गुरबाजले ६० र इब्राहिम जद्रानले ५१ रन बनाए । अस्ट्रेलियाका प्याट कमिन्सले ह्याट्रिक विकेट लिए । उनले राशिद खान, करिम जन्नत र गुलाबुद्दिन नबीको विकेट लिए । यो विश्वकपमा उनको लगातार दोस्रो ह्याट्रिक हो ।

कमिन्स टी–२० विश्वकपको एकै संस्करणमा लगातार दुई खेलमा ह्याट्रिक विकेट लिने पहिलो खेलाडी बनेका छन् । उनले यसअघि बंगलादेशसँगको खेलमा पनि ह्याट्रिक विकेट लिएका थिए । आज अफगानिस्तानसँगको खेलमा एडम जाम्पाले एकै ओभरमा दुई विकेट लिए । मार्कुस स्टोइनिसले एक विकेट लिए ।

आजकाे जितसँगै अफगानिस्तानले सुपर आठको अङ्क तालिकामा दुई अङ्क जोडेर तालिकाको तेश्रो स्थानमा छ । यसअघि सुपर आठको खेलमा अफगानिस्तान भारतसँग पराजित भएको थियो । अस्ट्रेलियाले बङ्गलादेशलाई हराएको थियो । अब अफगानिस्तानले बंगलादेशसँग र अस्ट्रेलियाले भारतसँग खेल्न बाँकी छ । टी–२० विश्वकप क्रिकेटमा आज बेलुका नेपाली समय अनुसार सवा ८ बजे इंग्ल्यान्ड र अमेरिका खेल्दैछन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय