Saturday, October 5, 2024

काेपा अमेरिका फुटबलमा पेरु र चिलीकाे बराबरी

spot_img

काठमाण्डौ ।  कोपा अमेरिका फुटबलमा पेरु र चिलीले गोलरहित बराबरी खेलेका छन् । आज बिहान टेक्सासको एटी–एन्ड–टी स्टेडियममा भएको खेलमा पेरु र चिलीले बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।

बराबरीसँगै दुवै टोलीको १ खेलमा १ अङ्क भएको छ । पेरु समूह ‘ए’ को दोस्रो र चिली तेस्रो स्थानमा छ । यो समूहको शीर्ष स्थानमा साविक विजेता अर्जेन्टिना छ । हिजोदेखि शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा अर्जेन्टिनाले क्यानडालाई २–० गोलले हराएको थियो ।

१७ औँ संस्करणकाे प्रतियोगिता आउँदो जुलाई १५ तारिखसम्म चल्नेछ । प्रतियाेगिताभरि १० वटा रङ्गशालामा खेल खेलाइनेछ । फाइनेल खेल बर्लिनको ओलम्पिक स्टेडियममा हुनेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय