Saturday, October 5, 2024

४ खेलकाे टी–२० शृङ्खला खेल्न भारत नोभेम्बरमा दक्षिण अफ्रिका जाने

spot_img

काठमाण्डाै ।  भारत र दक्षिण अफ्रिकाबीच आउँदो नोभेम्बरमा ४ वटा खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला हुने भएको छ । आउँदो नोभेम्बरमा टी–२० शृङ्खलाका लागि दक्षिण अफ्रिका जाने क्रिकेट साउथ अफ्रिका र भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले निकालेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

तालिकाअनुसार पहिलो खेल नोभेम्बर ८ मा डर्बनमा, दोस्रो खेल नोभेम्बर १० मा गेब्रेहा, तेस्रो खेल नोभेम्बर १३ मा सेन्चुरियन र चौथो तथा अन्तिम खेल नोभेम्बर १५ मा जोहनेसबर्गमा हुनेछ ।

गएको वर्ष भारत दक्षिण अफ्रिका जाँदा पहिलो खेल वर्षाका कारण प्रभावित हुँदा ३ खेलको टी–२० शृङ्खला १–१ को बराबरीमा सकिएको थियो ।

यो शृङ्खलाअघि जुलाईमा भारत ५ खेलको टी–२० शृङ्खला खेल्न जिम्बावे जानेछ । यस्तै यो वर्षको अन्त्यतिर ५ खेलको टेस्ट क्रिकेट शृङ्खला खेल्न भारत अस्ट्रेलिया जानेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय